नेपाली कांग्रेस रामेछापका केहि उम्मेद्वारहरूले पुनः मत गणना को माग गरेका छन् ।नेपाली कांग्रेसको १४ औँ अधिवेशनमा मत गणनाको क्रममा केहि मत नगनिएको तथा गुटको दबाबमा धाधली पूर्वक मत गनिएको भन्दै महाधिवेशन प्रतिनिधि खुल्ला तर्फका उम्मेद्वारहरूः- झनक श्रेष्ठ, गजेन्द्र कार्की, डा. सुमन कर्माचार्य, जनजाती महिला तर्फका उम्मेद्वार सुमित्रा मोक्तान, ज्योती सुनुवार, जिल्ला कार्य समिति उपसभापती पदका उम्मेद्वार वेदराज लामा सहितले पुनः मत गणना को माग गरेका हुन् ।
यता नेपाली कांग्रेस रामेछापको अधिवेशनका लागि खटिएका निर्वाचन अधिकृत बिष्णू लुईटेल भने पुनः मत गणना गराउने अधिकार आफ्नो नरहेको बताउछन् । उनका अनुसार -‘केन्द्रीय निर्वाचन समितिको निर्णय नै अन्तिम हुनेछ।’