राष्ट्रपति उत्कृष्ठ कृषक पुरस्कारद्वारा ३ कृषक सम्मानित


रामेछाप । जिल्लाको उत्कृष्ठ ३ जना किसान राष्ट्रपति उत्कृष्ठ कृषक पुरस्कारबाट पुरस्कृत भएका छन् । विश्व खाद्य दिवसका अवसरमा मंगरबार कृषि ज्ञान केन्द्र रामेछापद्वारा आयोजित कार्यक्रममा उनिहरुलाई पुरस्कृत गरीएको हो ।

दोरम्बा गाउंपालिका २ का श्यामवहादुर थापामगर, रामेछाप नगरपालिका ६ का शेरवहादुर तामाङ र मन्थली नगरपालिका १४ का दलवहादुर पाल्पालिका खड्का पुरस्कृत भएका हुन् । पुस्कृत किसानलाई १० हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

दोरम्बाका किसान श्यामवहादुर थापामगर फलफुल खेति गर्छन् । उनले झण्डै १ सय रोपनी क्षेत्रमा फलफुल खेति गरेका छन् । ओख्रेनीका किशार शेरवहादुर तामाङ जुनार सुन्तला खेति गर्छन्  भने मन्थली नगरपालिका १४ का किसान दलवहादुर पाल्पाली खड्काले चिया खेति गर्छन् ।

कार्यक्रममा उत्कृष्ठ किसानलाई जिल्ला समन्वय समितिका प्रमुख प्रेमवहादुर खड्का, मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार वस्नेत र प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले पुरस्कार तथा प्रमाण पत्र वितरण गरे ।  कार्यक्रममा कृषिको सुधारका लागि उत्कृष्ठ किसान छनौट र यसको प्रकृयाका बारेमा कृषि ज्ञान केन्द्रकी प्रमुख निर्मला गुरुङ लगाएतले प्रष्ट पारेका थिए ।

राष्ट्रपति उत्कृष्ठ कृषक पुरस्कारका लागि ज्ञान केन्द्रले किसानहरुबाट दावि  गर्नका लागि आव्हान गरेको थियो । उक्त सूचनाका आधारमा जिल्लाका विभिन्न विधाका ६ जना कृषकले पुस्कारको लागि दावि  गरेका थिए ।

तपाईको प्रतिकृया दिनुहोस्