Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

दोस्रो लहरको कोरोनामा २ करोड ५५ लाख भन्दा बढी खर्च

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
दोस्रो लहरको कोरोनामा २ करोड ५५ लाख भन्दा बढी खर्च
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछापको ८ वटा स्थानीय तहले कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरमा २ करोड ५५ लाख ५९ हजार ४ सय ९५ रुपैंया खर्च गरेको छ । हुराडेक नेपालले एक कार्यक्रमको आयोजना गरी रामेछापका ८ वटा स्थानीय तहले कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरमा सो रकम बिभिन्न शीर्षकमा खर्च गरेको प्रतिवेदन सार्वजनिक गरेको हो । हुराडेक नेपालले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सुनापती गाउँपालिकाले सबै भन्दा धेरै ६० लाख ८० हजार खर्च गरेको छ भने उमाकुण्ड गाउँपालिकाले सबै भन्दा कम २ लाख ५० हजार मात्र खर्च गरेको छ ।


प्रतिवेदन अनुसार रामेछाप नगरपालिकाले क्वारेन्टिन÷आइसुलेशन ब्यवस्थापनमा ४४ हजार ५ सय ७५, मानव स्रोत परिचालनमा २ लाख ५८ हजार १ सय, यातायात तथा जनचेतना कार्यक्रममा ५ लाख ३० हजार ३ सय ७०, स्वास्थ्य सामाग्री खरिदमा २२ लाख ४३ हजार ४ सय ९५, शव ब्यवस्थापनमा ३५ हजार २ सय ५६, बिविध ४५ हजार ४ सय २५ गरी जम्मा ३१ लाख ५७ हजार २ सय २१ रुपैंया खर्च गरेको छ ।
मन्थली नगरपालिकाले खाजा खानामा ३५ हजार ६ सय ४५, स्वास्थ्य सामाग्री खरिदमा ७ लाख ६६ हजार ६ सय ५०, कोभिड अस्पताल सञ्चालन जनशक्तिमा ४० हजार ५ सय, औषधी ब्यवस्थापनमा ४ लाख ९८ हजार ६ सय ९५, स्वास्थ्य सामाग्री ब्यवस्थापनमा १ लाख, स्वास्थ्यकर्मी भत्ता १ लाख ८५ हजार ४ सय, कर्मचारी खाजा खानामा १ लाख ६ सय ६५, हेल्प डेस्कमा ४० हजार ७ सय ५०, कर्मचारी जोखिम भत्तामा १० लाख ६४ हजार ८ सय १७ गरी २८ लाख ३३ हजार १ सय २२ खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै गरी खाँडादेवी गाउँपालिकाले आइसुलेशन निर्माणमा ६ लाख ३३ हजार, मानव स्रोत परिचालनमा ७० हजार, यातायात तथा जनचेतना कार्यक्रममा १ लाख ८० हजार स्वास्थ्य सामाग्री खरिदमा २९ लाख ६५ हजार ८ सय २०, आइसुलेशन ब्यवस्थापनमा ४ लाख ६७ हजार १ सय ११, गरी ४३ लाख १३ हजार ९ सय ३१ खर्च गरेको छ ।
गोकुलगंगा गाउँपालिकाले खाजा खानामा ४ लाख ६८ हजार एन्टिजेन किट खरिदमा ५ लाख, स्वास्थ्य सुरक्षा सामाग्रीमा ५ लाख, भत्तामा १३ लाख गरी जम्मा २८ लाख २५ हजार २ सय २१ खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।
सुनापती गाउँपालिकाले आर्थिक सहयोग÷राहतमा ४ लाख १५ हजार, कोभिड अस्पतालमा ९ लाख ५५ हजार, क्वारेन्टिन÷आइसुलेसनमा ८ लाख २० हजार सवारी ढुवानी÷विविध ११ लाख ४० हजार, स्वास्थ्य सामाग्री ३५ लाख ५० हजार गरी जम्मा ६० लाख ८० हजार खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।
लिखुतामाकोशी गाउँपालिकामा कोभिड अस्पताल खर्च ६ लाख, क्वारेन्टिन÷आइसुलेसनमा ६ लाख ५० हजार, सवारी÷ढुवानी÷एम्बुलेन्स तर्फ ६ लाख ५० हजार प्रोत्साहन भत्ता ८४ हजार ६ सय, स्वास्थ्य सामाग्रीमा २१ लाख १५ हजार ४ सय र अन्य विविध खर्चमा १० लाख ५० हजार गरी जम्मा ५१ लाख ५० हजार खर्च गरेको जनाएको छ । उमाकुण्ड गाउँपालिकाले भने एकमुष्ठ २ लाख ५० हजार खर्च गरेको प्रति वेदनमा उल्लेख छ । त्यस्तै गरी दोरम्बा शैलुङ गाउँपालिकाले पनि क्वारेन्टिन, खाजा खाना तथा स्वास्थ्य सामाग्री भनेर एकमुष्ठ ९ लाख ५० हजार खर्च गरेको बिबरण सार्वजनिक गरेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

राती ८ बजे पछी देउसी भैलो नखेल्न प्रशासनको अनुरोध

Next Post

कोभिड प्रभावित अतिविपन्न परिवारले राहत स्वरूप १० हजार नगद पाउने

Next Post
कोभिड प्रभावित अतिविपन्न परिवारले राहत स्वरूप १० हजार नगद पाउने

कोभिड प्रभावित अतिविपन्न परिवारले राहत स्वरूप १० हजार नगद पाउने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...