Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोभिड प्रभावित अतिविपन्न परिवारले राहत स्वरूप १० हजार नगद पाउने

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
कोभिड प्रभावित अतिविपन्न परिवारले राहत स्वरूप १० हजार नगद पाउने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


रामेछापका कोरोना भाइरस कोभिड– १९ महामारीबाट प्रभावित भएका रामेछापका ४ हजार ८ सय ९० अति विपन्न घर परिवारले नगद १० हजार पाउने भएका छन् । सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेट मार्फत् घोषणा गरेको विपन्न परिवारलाई १० हजार नगद प्रदान गर्ने कार्यविधि राजपत्रमा प्रकाशन गरेको छ । सोही अनुरूप उनीहरूले उक्त रकम पाउने भएका हुन् । जिल्लामा रहेको ८ वटा स्थानीय तह मध्ये रामेछापमा सबैभन्दा धेरै मन्थली नगरपालिकाका १० हजार ८२ परिवार र सबैभन्दा कम उमाकुण्ड गाउँपालिकाका ३ सय ८१ घरपरिवारले राहत स्वरुप उक्त रकम पाउने भएका छन् ।सरकारले चालु आर्थिक वर्षको प्रतिस्थापन विधेयक मार्फत् ल्याएको बजेटले विपन्न वर्गलाई १० हजार नगद प्रदान गर्ने घोषणा गरेसँगै विपन्न परिवारलाई रकम प्रदान गर्नका लागि कार्यविधि राजपत्रमा प्रकाशन गरेको हो । सरकाले बजेटमा अनुदान रकम स्थानीय तहको समन्वयमा २०७८ को असोज महिनाभित्र हस्तान्तरण गर्ने गरी उल्लेख गरे पनि हाल मात्रै कार्यविधि बनेको छ । कोभिड– १९ को प्रभावबाट रोजगारी र आयआर्जनको अवसर गुमाएका अनौपचारिक तथा असङ्गठित क्षेत्रमा रहेका अति विपन्न परिकारको तत्कालको न्यूनतम आधारभूत आवश्यकता पूरा गर्न नगद राहत उपलब्ध गराउने राजपत्रमा उल्लेख छ ।
सरकारले विगतमा गर्दै आएको रोजगारी पूर्ण रुपमा गुमाएको र रोजगारीको अर्को अवसरसमेत प्राप्त गर्न नसकी बेरोजगार भएको असंगठित क्षेत्रका मजदुर जस्तै– खुल्ला सडक, फुटपाथ, चौरमा खर्पन, नाङ्लो, डोकोमा सामान बेच्ने अति विपन्न व्यवसायी, दैनिक ज्यालादारी भरिया, कृषि मजदुर, गोठाला, खेताला, ज्यालादारी श्रमिक, रिक्सा चालक, ठेलागाडा मजदुर, सार्वजनिक यातायात मजदुर, पर्यटक भरिया र कोभिडको संक्रमणको कारणबाट एका घरपरिवारको आय आर्जन गर्ने मुख्य सदस्यको मृत्यु भई आर्थिक संकट झेल्नु परेको परिवार तथा अभिभावक गुमाएका असहाय नाबालकलाई स्याहार गर्ने परिवारलाई सो रकम प्रदान गर्ने भएको छ ।
तर, सरकारी कर्मचारी, वैदेशिक रोजगारीमा आयआर्जन गरिरहेको, पेन्सन सुविधा प्राप्त गरिरहेको, प्रधानमन्त्री रोजगार कार्यक्रममा आवद्ध भएको र सरकारबाट एक पटक राहतको रुपमा नगद प्राप्त गरेको परिवारले भने पाउने छैन ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

दोस्रो लहरको कोरोनामा २ करोड ५५ लाख भन्दा बढी खर्च

Next Post

भँगेरीमा कम्युनिष्टको संग्राहलय बनाउनु पर्छः माधव नेपाल

Next Post
भँगेरीमा कम्युनिष्टको संग्राहलय बनाउनु पर्छः माधव नेपाल

भँगेरीमा कम्युनिष्टको संग्राहलय बनाउनु पर्छः माधव नेपाल

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...