रामेछाप । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भँगेरीमा कम्युनिष्टको संग्राहलय बनाउनु पर्ने बताएका छन् । नेकपा
एकीकृत समाजवादी पार्टीको रामेछाप–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित देउसी भैलो कार्यक्रमलाई सम्बोधन गर्दै शुक्रबार अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मभूमि रामेछापको भँगेरीमा कम्युनिष्टको संग्राहलय निर्माण गर्नुपर्ने बताएका हुन् । अध्यक्ष नेपालले रामेछापमा पुष्पलाल पार्क बन्ने प्रक्रियामा रहेको बताउदै भँगेरीलाई देश भित्रका मात्रै नभई विदेशीलाई पनि संग्राहालय बनाएर कम्युनिष्टको बारेमा जानकारी दिनु पर्ने बताएका छन् । रामेछाप तीनलालको जिल्लाको रुपमा चर्चित रहेको स्मरण गर्दै अध्यक्ष नेपालले भंगेरीमा ठूलो पार्क बनाउने पहल भइरहको र रामेछापको भँगेरीमा संग्राहालय बनाएर कम्युनिष्टको सम्पूर्ण इतिहास दिन सकिने बताएका छन् ।