दोस्रो राष्ट्रिय माझी गोल्ड कप पुरुष फुटबल प्रतियोगिताको तयारी सम्पन्न


रामेछाप । दोस्रो राष्ट्रिय माझी गोल्ड कप पुरुष फुटबल प्रतियोगिता रामेछापको मन्थलीमा हुने भएको छ । रामेछाप जिल्लाको मन्थली नगरपालिका मुख्य प्रायोजक रहेको सो प्रतियोगिता मंसिर १५ देखि मंसिर २० गते सम्म चल्नेछ ।
आयोजकका अनुसार सो प्रतियोगितामा २० जिल्लाका २२ टिमको खेलाडीहरु बीचमा खेल हुनेछ । खेलमा सहभागी टिमका खेलाडीहरूलाई आयोजक संस्थाले नै खाना र बस्न व्यवस्था गर्ने पत्रकार सम्मेलनमा आयोजक संस्था माझी उत्थान संघका खेल संयोजक बलबहादुर माझीले बताएका छन् ।
दोस्रो राष्ट्रिय माझी गोल्ड कप पुरुष फुटबल प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्नेले २ लाख, द्वितिय ले १ लाख, तृतियले ५० हजार पुरस्कार राशी पाउनेछन् भने सान्तवना १ टिमले २५ हजार पाउनेछ ।
मन्थली नगरपालिका वडा नं। ६ कुनौरीको आकाशे मैदानमा हुने फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी सकिएको आयोजक संस्था माझी उत्थान संघका अध्यक्ष ईन्द्रबहादुर माझीले जानकारी दिए ।

तपाईको प्रतिकृया दिनुहोस्