रामेछाप । नेपाल राष्ट्रिय शिक्षक संगठन रामेछापको शनिबार सम्पन्न जिल्ला अधिवेशनले केशरबहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । श्रेष्ठ संगठनको अध्यक्षमा पुःन चयन भएका हुन् ।।
संगठनको उपाध्यक्षमा मणिबहादुर बस्नेत र महिला उपाध्यक्षमा दुर्गा पौडेल चयन भएका छन् । सचिवमा सन्तोष पौडेल, कोषाध्यक्षमा कुमार पहाडी, सहसचिव र सहकोषाध्यक्षमा क्रमशः भगवती पौडेल र सिता कार्की चयन भएका छन् । सदस्यहरूमा शारदा खड्का, सुनमाया तामाङ, शिवकुमार सुवेदी, राजकुमार बोहरा, मधु सुवेदी, निमाफुर्वा शेर्पा, शंकरबहादुर बस्नेत, राजकुमार खड्का, सन्तोष भण्डारी, डम्बरबहादुर तामाङ, मोहनबहादुर थापा, बालादेवी पोखरेल, कमला खड्का, गोमा श्रेष्ठ, पार्वती पाठक, अर्जुन श्रेष्ठ र जीतबहादुर तामाङ चयन भएका छन् ।