Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

संस्कृत विद्यालयमा निःशुल्क खाने, बस्ने व्यवस्थासहित पठनपाठन

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
संस्कृत विद्यालयमा निःशुल्क खाने, बस्ने व्यवस्थासहित पठनपाठन
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका– ८ मा रहेको श्री शारदा संस्कृत माध्यमिक विद्यालयले संस्कृत भाषा अन्तर्गत कर्मकाण्ड पढ्नेलाई निःशुल्क खाने, बस्ने व्यवस्थासहित पढाउने भएको छ । जिल्लाको एक मात्र संस्कृत विद्यालय श्री शारदा संस्कृति माध्यमिक विद्यालयले संस्कृत भाषा अन्तर्गत निःशुल्क कर्मकाण्ड पढाउने भएको हो । उक्त विषय लिएर पढ्न चाहने विद्यार्थीहरुलाई खाने, बस्ने व्यवस्थासहित निःशुल्क कर्मकाण्ड पढाइने उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिए ।
पछिल्लो समय पुरोहित पेशा र संस्कृत भाषा लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षणका लागि रामेछापमै पहिलो पटक निःशुल्क कर्मकाण्ड पढाउन थालिएको वि.व्य.स अध्यक्ष घिमिरेले बताएका छन् । अहिले रामेछाप र दोलखाका १० जना विद्यार्थीहरु कर्मकाण्ड पढिरहेका छन् । कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुले कर्मकाण्ड अध्ययन गरिरहेको अध्यक्ष घिमिरेले जानकारी दिए ।
अन्य विभिन्न जिल्लाका कर्मकाण्ड पढ्न ईच्छुक विद्यार्थीहरुलाई समेत खाने, बस्ने व्यवस्था गरी पढाइने वि.व्य.स अध्यक्ष घिमिरेले बताए । कर्मकाण्ड अन्तर्गत रुद्री, चण्डी, वेद, भागवत पढाइने उनका भनाइ छ । निःशुल्क कर्मकाण्ड पढाउनका लागि आवश्यक पर्ने रकम व्यवस्थापन गर्ने काम भइरहेको विद्यालयले जनाएको छ । स्थानीय तह, विभिन्न संघसंस्था तथा व्यक्तिहरुले सकेको सहयोग प्रदान गरेर पुरोहित पेशा र संस्कृत भाषा लोप हुनबाट जोगाउन विव्यस अध्यक्ष घिमिरेले आग्रह गर्नुभयो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

फोनिज बागमती प्रदेशको महाधिबेशन हेटौडामा हुने

Next Post

सालकको ३६६ ग्राम खपटासहित दुई युवा पक्राउ

Next Post
सालकको ३६६ ग्राम खपटासहित दुई युवा पक्राउ

सालकको ३६६ ग्राम खपटासहित दुई युवा पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.