Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

एमाले रामेछापको ६८२ जना प्रतिनिधि छनौट हुन सक्ने संभावना

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
एमाले रामेछापको  ६८२ जना प्रतिनिधि छनौट हुन सक्ने संभावना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पौष १२ ।नेकपा एमाले रामेछापले जिल्ला अधिवेशनमा ६८२ जना प्रतिनिधि छनौट हुन सक्ने संभावना रहेको पत्रकार सम्मेलनमा जनाएको छ। आसन्न जिल्ला अधिवेशनको जानकारी दिन आज पत्रकार सम्मेलन गरेर एमाले रामेछापले सो बताएको हो ।। पौष २३ गते उद्घाटन र २४ गते बन्द सत्र गर्ने कार्यक्रम एमालेले तय गरेको बताएको छ।

पहिलो ५० जना संगठित सदस्य बराबर ३ जना प्रतिनिधि (एक महिला) ,पहिलो थप ५० जनामा एक प्रतिनिधि र अर्को थप ५० जना बराबर एक महिला सहित एमालेले प्रतिनिधि छनौट गर्ने पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

त्यस्तै जनवर्गीय संगठनबाट प्रत्येक पालिकाबाट दुई महिला सहित ५जना ,सम्पर्क मञ्चबाट दुई महिला सहित १५जना , प्रत्येक वडाबाट न्युनतम एक जना दलितको प्रतिनिधित्व हुने गरी र ,जिल्ला सल्लाहकार समितिबाट १५ जना प्रतिनिधिले एमाले रामेछाप जिल्ला कमिटीको अधिवेशनमा सहभागिता जनाउने जानकारी दिईएको छ।

प्रतिनिधि छनोट प्रक्रियामा संगठित सदस्य गणक सङ्ख्या २५ भन्दा माथी हुन पुगेमा त्यस्लाई ५० मानी एक प्रतिनिधि छनौट हुने र २४ भन्दा कम सङ्ख्या भएमा त्यसलाई ० मा गणना गरिने एमालेले जनाएको छ।

एमालेले १७ गते वडा कमिटीबाट प्रतिनिधि चयन गरिसक्नुपर्ने बाध्यात्मक अवस्था राखेको छ भने १८ गते पालिका सम्पर्क कमिटी र जनवर्गीय संगठनबाट प्रतिनिधि चयन गरिने एमालेले जनाएको छ।

नेकपा एमालेले जिल्ला अधिवेशन भब्य पार्न केही समिति समेत गठन गरेको जनाएको छ। मुल व्यवस्थापन समितिको संयोजकमा शान्तिप्रसाद पौडेल र राजनीतिक एवं सांगठनिक प्रतिवेदन संयोजक शान्तिप्रसाद पौडेल र सदस्य प्रेम चाम्लिङ ,झम्क कडेल,आनन्द श्रेष्ठ रहेका छ्न।

आर्थिक प्रतिवेदन तयारी समिति संयोजकमा रामप्रसाद देवकोटा ,प्रतिनिधि व्यवस्थापन समिति संयोजकमा आनन्द श्रेष्ठ ,स्वयंसेवक सेवक परिचालन समिति संयोजकमा लभ श्रेष्ठ ,खाद्य र आवास व्यवस्थापन संयोजकमा पुरुषोत्तम कडरिया,प्रचार प्रसार समिति संयोजकमा प्रकाशकुमार कार्की सास्कृतिक समिति झम्क कडेल,मञ्च व्यवस्थापन समिति संयोजकमा गोपाल श्रेष्ठ र अतिथि सत्कार समिति संयोजकमा प्रेमबहादुर तामाङ रहने गरि एमालेले समिति गठन गरेको जनाएको छ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सालकको ३६६ ग्राम खपटासहित दुई युवा पक्राउ

Next Post

सित्तैमा कर्मकाण्डको शिक्षा

Next Post
सित्तैमा कर्मकाण्डको शिक्षा

सित्तैमा कर्मकाण्डको शिक्षा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.