Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सित्तैमा कर्मकाण्डको शिक्षा

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
सित्तैमा कर्मकाण्डको शिक्षा
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । जिल्लाको  रामेछाप नगरपालिका– ८ मा रहेको श्री शारदा संस्कृत माध्यमिक विद्यालयले संस्कृत भाषा अन्तर्गत आवासिय कर्मकाण्ड विषयमा पठनपाठन गर्नेहरूका लागि आवासिय कक्षा आरम्भ गरेको छ । सो कक्षाको आरम्भ रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापा मगरले एक समारोह बिच गरेका छन् । कार्यक्रमको आरम्भ गर्दै नगरप्रमुख थापा मगरले गुणस्तरिय र नैतीक शिक्षाका लागि संस्कृत विषयको कक्षा अपरिहार्य रहेको भन्दै यसका लागि विद्यालयले गरेको कामको प्रशंसा गरेका थिए । उनले विद्यालयले गुणस्तरिय शिक्षाको विकास सँगै संस्कृत विषय अन्तर्गत कर्मकाण्डको पठापाठन आरम्भ गर्नु विद्यालयको मात्र नभएर सिंगो जिल्लाको गर्वको विषय भएकोले यसको संरक्षणका लागि नगरपालिकाले पनि सहयोग गर्ने बताए ।

जिल्लाको एक मात्र संस्कृत विद्यालय श्री शारदा संस्कृति माध्यमिक विद्यालयले संस्कृत भाषा अन्तर्गत निःशुल्क कर्मकाण्ड पढाउन सुरु गरेको हो । उक्त विषय लिएर पढ्न चाहने विद्यार्थीहरुलाई खाने, बस्ने व्यवस्थासहित निःशुल्क कर्मकाण्ड पढाइने उक्त विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद घिमिरेले जानकारी दिए ।

पछिल्लो समय पुरोहित पेशा र संस्कृत भाषा लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षणका लागि रामेछापमै पहिलो पटक निःशुल्क कर्मकाण्ड पढाउन थालिएको प्रधानाध्यापक घिमिरेले बताएका छन् । विद्यालयमा रहेको २५ जनाको कोटा मध्ये अहिले बैतडी, रामेछाप र दोलखाका १० जना विद्यार्थीहरु कर्मकाण्ड पढिरहेका छन् । कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुले कर्मकाण्ड अध्ययन गरिरहेको प्रधानाध्यापक घिमिरेले जानकारी दिए ।

अन्य विभिन्न जिल्लाका कर्मकाण्ड पढ्न ईच्छुक विद्यार्थीहरुलाई समेत खाने, बस्ने व्यवस्था गरी पढाइने वि.व्य.स अध्यक्ष शिवप्रसाद  घिमिरेले बताए । कर्मकाण्ड अन्तर्गत रुद्री, चण्डी, वेद, भागवत पढाइने उनको भनाइ छ । निःशुल्क कर्मकाण्ड पढाउनका लागि आवश्यक पर्ने रकम व्यवस्थापनकालागि समाजसेवी शम्भु घिमिरेको नेतृत्वमा सहयोग जुटाउने काम भै रहेको छ । कर्मकाण्ड पठनपाठनलमा लाग्ने खर्चका लागि रामेछाप नगरपालिकाले आवासिय व्यवस्था गरेको छ भने अन्य  स्थानीय तह, विभिन्न संघसंस्था तथा व्यक्तिहरुले सकेको सहयोग प्रदान गरेर पुरोहित पेशा र संस्कृत भाषा लोप हुनबाट जोगाउन विव्यस अध्यक्ष घिमिरेले आग्रह गरेका छन्।

कार्यक्रममा स्थानिय समाजसेवी शम्भु प्रसाद घिमिरेले विद्यालयका सम्पूर्ण छात्रछात्राका लागि जुत्ता मोजा  उपलब्ध गराएका थिए । यस अघि उनले विद्यार्थीहरूका लागि विद्यालय पोशाक र झोला उपलब्ध गराएका थिए । उनले आगामी दिनमा नगरका सबै विद्यालयहरूका असहाय र बिपन्न विद्यार्थीहरूका लागि यसै गरि सहयोग गर्ने जानकारी समेत गराएका छन् ।

कार्यक्रममा रामेछाप नगरपालिकाका उपप्रमुख सिर्जना बस्नेतले विद्यालयले आरम्भ गरेको अभियानले संस्कृत भाडाको संरक्षण र सम्बर्धनमा ठुलो भूमिका खेल्ने बताएकी छिन् । कार्यक्रममा वडा नं. ८ वडा अध्यक्ष केदार कार्की, समाजसेवी शम्भू घिमिरे, पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे, समाजसेवी गोबिन्द घिमिरे लगायतले बिद्यालयको कामको प्रसंशा गरेका थिए ।

सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घिमिरेले आफ्ना स्वर्गिय पितामाता चिरञ्जीवी घिमिरे र राधा घिमिरेको नाममा १ लाख रुपैया बराबरको अक्षयकोष खडा गरि बिद्यालयको अभियानमा सघाउने घोषणा गरेका थिए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

एमाले रामेछापको ६८२ जना प्रतिनिधि छनौट हुन सक्ने संभावना

Next Post

पत्रकार ढुङ्गेल सम्मानित

Next Post
पत्रकार ढुङ्गेल सम्मानित

पत्रकार ढुङ्गेल सम्मानित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...