Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आनन्द बने एमाले रामेछापको अध्यक्ष

जनता भ्वाइस by जनता भ्वाइस
January 11, 2022
in राष्ट्रिय समाचार, समाचार
0
आनन्द बने एमाले रामेछापको अध्यक्ष
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा एमाले रामेछापको अध्यक्षमा आनन्द श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्षका प्रत्यासी प्रेम बहादुर तामाङ र झम्क कँडेलले उम्मेदवारी फिर्ता लिएसँगै श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।
आनन्द कुमार श्रेष्ठ २०५०÷०५१ साल देखि २०६२÷०६३ साल सम्म नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको राजनीतिमा जिल्ला तथा जिल्ला बाहिर क्रियाशील थिए । करिव एक दशक पार्टीको विद्यार्थी संगठनमा सक्रिय रहेका श्रेष्ठले स्वतन्त्र विद्यार्थी युनियनमा नेतृत्वदायि भूमिकामा रहेर काम गरेका थिए । नेपाल कमर्स क्याम्पस काठमाण्डौको स्वतन्त्र विद्यार्थी युनियनमा २०५२ साल देखि २०६० साल सम्म सदस्य, सचिव हुँदै सभापति भएर काम गरेका थिए ।
श्रेष्ठले एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको प्रारम्भिक कमिटी, क्याम्पस कमिटी, जिल्ला कमिटी र अंचल कमिटीको अध्यक्ष, राष्ट्रिय परिषद्को सदस्य, अनेरास्ववियूको केन्द्रीय सदस्य हुँदै अनेरास्ववियूकै सचिवालय सदस्य सम्म भएर काम गरेका थिए ।

पार्टीको उपत्यका विद्यार्थी विशेष जिल्ला कमिटीमा दुई कार्यकाल संगठन विभागको प्रमुखको रुपमा काम गरेका श्रेष्ठ २०६५ ÷ ०६६ सालबाट विद्यार्थी राजनीतिलाई छोडेर पार्टीको मूल राजनीतिमा फर्किएका थिए ।

श्रेष्ठले २०६६ साल देखि लगातर नेकपा एमाले रामेछाप जिल्लाको मूख्य भूमिकामा रहेर काम गरे । पार्टी भित्र काम गर्दा श्रेष्ठले जिल्ला सदस्य, विद्यार्थी इन्चार्ज, सचिवालय सदस्य हुँदै ९ वर्ष सम्म एमाले रामेछापको जिल्ला सचिव भएर काम गरिसकेका छन्।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपा भित्र अन्तर संघर्ष हुँदा पार्टीले श्रेष्ठलाई अध्यक्ष समेत बनाएको थियो । एमाले पार्टीमा संकटको बेला समेत श्रेष्ठले अध्यक्षको जिम्मेवारी लिएर काम गरे । कारण उनिसँग अध्यक्ष हुँदाको पनि अनुभव छ । श्रेष्ठ पार्टीको ८ औँ र १० औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि समेत हुन् ।

अध्यक्ष सर्वसम्मत भएपनि उपाध्यक्ष, सचिव, उपसचिव, भूगोल, खुल्ला, जनजाति, दलित सदस्यमा भने निर्वाचन गरिएको निर्वाचन अधिकृत नवराज पथिकले बताए । उनका अनुसार एमाले रामेछापको उपाध्यक्षमा इन्द्रबहादुर तामाङ, रमेश वाग्ले, ध्रुबकुमार कार्की, सुमन कुमार लामा प्रतिस्पर्धामा छन् । यस्तै,सचिवमा पुरुषोत्तम कडरिया, गोपाल श्रेष्ठ र दुर्गा श्रेष्ठ प्रतिस्पर्धामा छन् भने उप–सचिवमा प्रकाशकुमार कार्की, चन्द्र बहादुर मानन्धर, केशवकुमार प्रधान र होतराज ढकाल प्रतिस्पर्धामा छन् । निर्वाचन अधिकृत घिमिरेका अनुसार महिला सदस्य भने सर्वसम्मत भएका छन् । दुई वटा नगरपालिका र ६ वटा गाउँपालिकाको ६४ वडा, विभिन्न विभाग र जनवर्गीय सङ्गठनबाट गरी आठ सय १४ जना मतदाता रहेका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

एमाले रामेछापको अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी

Next Post

बिद्यालयमा डोको र टपरी बुन्ने प्रतियोगिता

Next Post
बिद्यालयमा डोको र टपरी बुन्ने प्रतियोगिता

बिद्यालयमा डोको र टपरी बुन्ने प्रतियोगिता

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.