Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बिद्यालयमा डोको र टपरी बुन्ने प्रतियोगिता

जनता भ्वाइस by जनता भ्वाइस
January 11, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
बिद्यालयमा डोको र टपरी बुन्ने प्रतियोगिता
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter


रामेछाप । टपरी र डोको बनाउने सिप लोप हुँदै गएको बेला जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको एक विद्यालयले डोको र टपरी बुन्ने प्रतियोगिता गरेको छ । लिखु तामाकोशी गाउँपालिका वडा नं. ६ मा रहेको श्री मावि ज्यामिरेखानीले डोको र टपरी बुन्ने प्रतियोगिता गरेको हो ।
विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत नै डोको र टपरी बुन्ने प्रतियोगिता गरिएको विद्यालयको अतिरिक्त क्रियाकलाप संयोजक होमबहादुर श्रेष्ठ बताउछन् । अझै पनि गाउँघरमा डोको र टपरीको प्रयोग अत्याधिक हुने गर्दछ । घाँस काट्न, दाउरा बोक्न लगायतका काममा डोको नभई हुँदैन ।बिवाह व्रतबन्ध जस्तो सामाजिक कार्यमा टपरी नभई हुँदैन । तर अचेल सजिलो र आधुनिकताको नाममा प्लास्टिकको थाल प्रयोग गर्न थालिएको छ । जसले गर्दा वातावरणमा असर त परेको छ नै र त्यसको प्रतक्ष असर मानव जातीमा परेको छ। गाउँमा स्थानिय स्रोत र साधनको अधिकतम प्रयोग होस र यो सिपलाई हौसला मिलोस भनेर नै विद्यालयमै डोको र टपरी बनाउने प्रतियोगिता राखेका हौँ – श्रेष्ठ भन्छन् ।
टपरी बुन्ने प्रतियोगितामा कक्षा ९ मा अध्ययनरत छात्रा सिता श्रेष्ठ प्रथम बनिन् ।त्यस्तै कक्षा१० मा अध्ययनरत छात्रा जुना श्रेष्ठ दोस्रो भईन भने कक्षा १० मा नै अध्ययनरत छात्रा जानुका घिमिरेले तृतिय स्थान हाँसिल गरिन । डोको बुन्ने सिप भने धेरैमा नभएको श्रेष्ठ बताउँछन् । दुई विद्यार्थी, श्याम श्रेष्ठ र कुमार श्रेष्ठले मात्रै डोको बुन्ने प्रतियोगितामा भाग लिएको र श्याम श्रेष्ठको डोको बुन्ने कला अब्ब रहेको संयोजक श्रेष्ठले बताए । संयोजक श्रेष्ठका भन्छन्– अब यस्तो किसिमको प्रतियोगिता र सिप विद्यार्थीलाई नदिने हो भने डोको र टपरी बजारबाट किनेर ल्याउनु पर्ने बाध्यता बन्नेछ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

आनन्द बने एमाले रामेछापको अध्यक्ष

Next Post

मन्थली मेयर कपको उपाधि १ नं. वडाको पोल्टोमा

Next Post
मन्थली मेयर कपको उपाधि १ नं. वडाको पोल्टोमा

मन्थली मेयर कपको उपाधि १ नं. वडाको पोल्टोमा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...