Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

म्याद नाघेका कस्मेटिक सामग्री ठूलो परिमाणमा जफत

Milan Ghimire by Milan Ghimire
August 25, 2019
in जनता स्पेसल, समाचार
0
म्याद नाघेका कस्मेटिक सामग्री ठूलो परिमाणमा जफत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
भदौ ७

जिल्ला प्रशासन कार्यालय रामेछापले चाडपर्वलाई लक्षित गरी हिजो र अस्ती मन्थली वजार अनुगमन गरेको छ । अनुगमनबाट कस्मेटिक पसलमा बिक्रीका लागि राखिएका म्याद गुज्रेका सामग्री ठूलो परिमाणमा जफत गरेको छ । पछिल्लो समय रामेछापमा व्यवसायीहरूले मनलाग्दी तरिकाले सामान बिक्री–वितरण गरेको भन्ने गुनासो उपभोक्ताबाट आएपछि जिल्ला प्रशासन कार्यालयले स्थानीय निकाय, नगरपालिका, प्रहरी, उपभोक्ता मञ्च, नागरिक समाज र पत्रकारहरूको रोहबरमा बजार अनुगमनलाई तीव्रता दिएको हो । अनुगमनका क्रममा केही कस्मेटिक पसल विना दर्ता सञ्चालन भएको पाइएकाले तिनलाई एक हप्ताभित्र दर्ता गर्न निर्देशन समेत दिइएको छ ।

त्यस्तै कस्मेटिक पसलमा बिक्री–वितरण गर्न राखिएका सामग्रीको पनि गुणस्तर कस्तो छ र सामानको मूल्यसूची राखिएको छ छैन भन्ने विषयमा अनुगमन गरिएको छ । जफत गरिएका सामग्रीमा हेयर जेल, दारी काट्दा प्रयोग गरिने भिजन, सेन्ट, सेम्पो, अफ्टर सेभ लोसन, ललिपप चक्लेट, पपैया क्रिम, हाजमोला, पान स्विट, सुर्ती, बिँडी, जिरा, धनियाँ, खानेतेल, तास, गुट्खा, डिटोल, सौन्दर्य क्रिम, लिची चकलेट लगायतका सामग्री जफत गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ । प्रशासनले सदरमुकाम लगायत जिल्लाका ८ वटै स्थानीय तहका मुख्यमुख्य बजारका सबै स्थानमा पुगेर कडाइका साथ अनुगमन गर्ने पनि जनाएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामकुमार नेपाली लोक स्टारको टप ११ मा प्रवेश

Next Post

उमाकुण्डका स्थानियहरू एक सातादेखी सम्पर्क बिहिन

Next Post
उमाकुण्डका स्थानियहरू एक सातादेखी  सम्पर्क बिहिन

उमाकुण्डका स्थानियहरू एक सातादेखी सम्पर्क बिहिन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.