Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

ब्याजदर सम्बन्धि ब्यवस्था खारेजीको माग गर्दै ज्ञापनपत्र

जनता भ्वाइस by जनता भ्वाइस
February 27, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
ब्याजदर सम्बन्धि ब्यवस्था खारेजीको माग गर्दै ज्ञापनपत्र
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछाप जिल्ला सहकारी संघले ब्याजदर सम्बन्धि ब्यवस्था खारेजीको माग सहित तीन बुँदे माग राख्दै जिल्ला प्रशासन कार्यालय रामेछाप मार्फत भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।


जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुङ्गेलको नेतृत्वको टोलीले, ऋणको व्याजदर बढीमा १७ प्रतिशतसम्म लिन सकिने व्यवस्था मिलाउनुपर्ने , खुल्ला बजार व्यवस्था अनुरुप बजारको व्याजदर निर्धारण गर्ने विधि अनुरुप बढिमा ६ प्रतिशत भन्दा बढ्ने र घट्दा घट्ने विधिको व्यवस्था मिलाउनुपर्ने माग सहितको ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडी मार्फत मन्त्रालयमा पठएको हो ।


ध्यानाकर्षण पत्रमा सरकारी ऐन २०७४ अनुसार गठित सन्दर्भ व्याजदर निर्धारण समितिद्घारा सरकारी नियमावली २०७५ बमोजिम सरकारी संस्थाले सदस्यलाई प्रदान गर्ने ऋणमा १६ प्रतिशत सन्दर्भ व्याजदर लागु गरेकोमा उक्त व्याजदरलाई पुनरावलोकन गरी २०७७ साल कात्र्तिक १५ गतेबाट लागु हुने गरी १४.७५ प्रतिशत तोकेको व्यहोरा अवगत गराइएको छ । ध्यानाकर्षणपत्रमा पछिल्लो समय विविध कारणले बैंक तथा वित्तिय संस्थामा तरलताको अभाव भइ बचतमा दिने ब्याजदरमा बृद्घि गरेसँगै सहकारी संघ संस्थाका लागि तोकिएको ब्याजदरको कारण सरकारी संस्थाहरुको समग्र ब्यवस्थापन चुनौतिपूर्ण बन्दै गएको उल्लेख गरिएको छ । ब्याजदरले सरकारी संघ संस्थाको कारोवारमा समेत गम्भीर असर पुग्न गएकाले तत्काल ब्याजदरमा पुनरावलोकनका लागि जिल्ला सहकारी संघ रामेछाप जोडदार माग गर्दछ भनिएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

भनसुनले दोषी कारबाहीबाट बच्न सक्दैन- डिएसपी थिङ (भिडियो सहित)

Next Post

फाईबर नेटको पहुँचमा खाँडादेवी गाउँपालिका

Next Post
फाईबर नेटको पहुँचमा खाँडादेवी गाउँपालिका

फाईबर नेटको पहुँचमा खाँडादेवी गाउँपालिका

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.