Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

स्थानीय तह निर्वाचनका उम्मेदवारले मनोनयन पत्रसहित स्वघोषणापत्र पनि बुझाउनुपर्ने

जनता भ्वाइस by जनता भ्वाइस
April 1, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
स्थानीय तह निर्वाचनका उम्मेदवारले मनोनयन पत्रसहित स्वघोषणापत्र पनि बुझाउनुपर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – आउँदो  वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका उम्मेदवारले मनोनयन पत्रसहित स्वघोषणापत्र पनि बुझाउनुपर्ने भएको छ  । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै १८ बुँदे मापदण्ड पालना गर्दै स्वघोषणापत्र बुझाउनुपर्ने उल्लेख गरेका हुन् ।

बुधबार बसेको आयोगको बैठकले स्थानीय तहसँग सम्बन्धित कार्यविधिगत तथा कानुनी व्यवस्थालाई व्यवस्थित गर्न स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ जारी गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको, २१ वर्ष उमेर पूरा भएको,  सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको, ठेक्कापट्टा वा चल अचल सम्पत्ति सम्बन्धी व्यवहारमा संलग्न नरहेको जस्ता १८ वटा मापदण्डभित्र पर्ने व्यक्तिले उम्मेदवारी दिन सकिने व्यवस्था गरिएको छ ।

आयोगले जारी गरेको विज्ञप्ति 

निर्वाचन आयोगले आज मिति २०७८/१२/१६ गतेको बैठकले स्थानीय तहसँग सम्बन्धित कानूनी तथा कार्यविधिगत व्यवस्थालाई व्यवस्थित गर्न स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ जारी गरेको छ । निर्देशिकामा निर्वाचन अधिकृत सम्बन्धी व्यवस्था, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत तथा कर्मचारी सम्बन्धी व्यवस्था, निर्वाचनसँग सम्बन्धित सरोकारवालाहरुको काम, कर्तव्य र अधिकार, उम्मेदवारको योग्यता तथा मनोनयन, मतदाता नामावली, मतदान र मतगणना सम्बन्धी व्यवस्था लगायत निर्वाचनको प्रभावकारी व्यवस्थापनको निम्ति आवश्यक विषयहरु समावेश गरिएका छन् ।

आयोगले नेपालको संविधान तथा निर्वाचन सम्बन्धी प्रचलित कानुनी व्यवस्था समेतको आधारमा स्थानीय तह निर्वाचनमा उम्मेदवार हुने प्रचलित कानुन बमोजिम योग्यता पुगेको कुनै पनि व्यक्तिले मनोनयन दर्ता गर्दा स्वघोषणा गर्नुपर्ने र आफूले गरेको स्वघोषणा प्रति उम्मेदवार स्वयं जिम्मेवार हुनुपर्ने नयाँ व्यवस्था गरेको छ । उम्मेदवारको मनोनयनपत्र साथ पेस गर्नुपर्ने स्वघोषणा पत्रमा देहायका बुँदाहरु समावेश गरिएका छन् ।

(क) नेपालको संविधान प्रति पूर्ण निष्ठावान रहेको ।

(ख) एक्काइस वर्ष उमेर पूरा भएको नेपाली नागरिक भएको ।

(ग) गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको ।

(घ) स्थानीय तह निर्वाचन सम्बन्धी कुनै कानूनले अयोग्य नभएको ।

(ङ) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक वा सुविधा पाउने गरी बहाल नरहेको ।

(च) सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको ।

(छ) स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १३ को खण्ड (ङ), (च), (छ), (ज), (झ), (ज) र (ठ)बमोजिमको अयोग्यता नभएको ।

(ज) स्थानीय तह निर्वाचन ऐन, २०७३, स्थानीय तह निर्वाचन नियमावली, २०७४ तथा स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ बमोजिम मनोनयनपत्र साथ उम्मेदवारले पेश गर्नुपर्ने सबै कागजात पेस गरेको ।

(झ) प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको उम्मेदवारको बन्दसूचीमा नाम कायम नरहेको ।

(ञ) मनोनयनपत्र साथ पेस गरेको सम्पत्ति विवरण ठिक साँचो रहेको ।

(ट) स्थानीय तहलाई कुनै जिन्सी वा नगदी बुझाउन बाँकी नरहेको ।

(ठ) कुनै स्थानीय तहको ठेक्कापट्टा वा चल अचल सम्पत्ति सम्बन्धी व्यवहारमा संलग्न नरहेको ।

(ड) सरकारी पेश्की, बेरुजु तिर्न बुझाउन बाँकी नरहेको ।

(ढ) संविधानको धारा २९१ बमोजिम विदेशको स्थायी आवासीय अनुमति पत्र (डिभी पीआर) नलिएको ।

(ण) न्यायिक वा अर्धन्यायिक निकायबाट लागेको कैद सजाय, जरिबाना तिर्न बुझाउन बाँकी नरहेको ।

(त) निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्ने प्रतिबद्ध रहेको। .

(थ) निर्वाचन आयोगले तोकिदिएको निर्वाचन खर्चको सीमाभित्र रही खर्च गर्न र खर्च सम्बन्धी आचरण पालना गर्न प्रतिबद्ध रहेको ।

(द) २१ वर्ष उमेर पूरा भएकोले स्थानीय निर्वाचनमा उम्मेदवार हुन योग्य नेपाली नागरिक भएको ।

(ध) नेपालको संविधान, कानून र निर्वाचन ऐन नियम भित्र रही निर्वाचनमा भाग लिन प्रतिवद्ध रहेको ।

उपरोक्त बमोजिमको स्वघोषणा पत्रमा उम्मेदवारले सम्पूर्ण विवरण ठीक साँचो रहेको र झुठा ठहरे कानून बमोजिम सहन बुझाउन प्रतिवद्ध रहेको घोषणा गर्नुपर्नेछ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts

Previous Post

‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि रामेछापको २ विद्यालय छनौट

Next Post

सहमतिमा यौन सम्बन्ध राखेर बलात्कारको आरोप लगाउने किशोरीलाई साढे तीन वर्ष जेल सजाय

Next Post
गाँजा सहित पक्राउ

सहमतिमा यौन सम्बन्ध राखेर बलात्कारको आरोप लगाउने किशोरीलाई साढे तीन वर्ष जेल सजाय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.