Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

एमाले संग गठबन्धन  हुन सक्छ -कमल थापा

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in जनता स्पेसल, समाचार
0
एमाले संग गठबन्धन  हुन सक्छ -कमल थापा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । आगामि निर्वाचनमा नेपालकम्युनिष्ट पार्टी एमाले संग सहकार्य हुन सक्ने राप्रपा नेपालका केन्द्रिय अध्यक्ष कमल थापाले बताएका छन् । मन्थलीमा आयोजित पार्टिका अगुवा कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्ने क्रममा थापाले भने-  अहिले परिस्थितिले राप्रपा नेपाल एक्लै निर्वाचनमा जाँदा सोचेजति परिणमा ल्याउन नसक्ने  भएकोले त्यसका लागि एमाले संग मिलेर जाने आन्तरिक तयारीपार्टीले गरिरहेको छ ।

मुलुक तहस नहस भएको नै क्रान्तिकारी भनाउँदा पार्टिहरुको अविबेकपूर्ण काम गराईका कारण भएको थापाको भनाई छ ।  विगत १५ बर्षको विचमा राप्रपा नेपालबाट पनि केहि गल्ति कम्जोरी भएको स्वीकार गर्दै त्यसका लागि राप्रपा नेपालको नेतृत्वमा आफु रहेको हैसियतले आफुलाई नेपाली जनता संग माफि दिन पनि आग्रह गरे  ।

आफनो पार्टि मुलुकको बैकल्पिक शक्तिका रुपमा उदाउँदै गर्दा काम गर्ने क्रममा केहि कम्जोरी भएकोले त्यसका लागि पनि आफुले नेपाली जनताका विचमा पुगेर माफि माग्नुनै  उचित हुने भन्दै उक्त सन्देस लिएर आफु मन्थली आएको पनि उनले बताए । परवर्तनलाई साकार पार्नका लागि  आफु पनि पछी राप्रपामा समाहित भएको र उक्त पार्टिमा पनि आएको सैद्धान्तिक विचलनका कारण आफुले राप्रपा नेपाललाई पुर्नगठन गर्नु परेको पनि थापाले वताए ।

राज संस्थाको गल्तिका कारण पछिल्लो पटक आफनो पार्टिले राजसंस्थाको एजेण्डालाई स्थगित  गरेको भन्दै नेपालको ईतिहासमा राजसंस्थले पुर्याएको योगदानको भने आफनो पार्टिले सदैब सम्मान गर्नै पनि थापाले बताए ।

राप्रपा नेपालका जिल्ला अध्यक्ष रामचन्द्र कडेलको अध्यक्षतमा भएको उक्त कार्यक्रममा पार्टिका केन्द्रिय उपाध्यक्ष लाक्पा तामांग,महामन्त्री राजाराम गर्ताेला लगायतका बक्ताहरुले पनि बोलेका थिए । भेलामा करिब ३० जना युवा युवतिले  विभिन्न पार्टिबाट विद्रोह गरि राप्रपा नेपालमा प्रबेश गरेका थिए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

हावाहुरी र वर्षाले गाउँ तहसनहस

Next Post

मन्थली नगरपालिका ५ सुनरपानि कांग्रेसको उम्मेद्वार सर्वसम्मत,डा.मथुरा कार्की वडाअध्यक्षमा उठ्दै

Next Post
मन्थली नगरपालिका  ५ सुनरपानि कांग्रेसको उम्मेद्वार सर्वसम्मत,डा.मथुरा कार्की  वडाअध्यक्षमा उठ्दै

मन्थली नगरपालिका ५ सुनरपानि कांग्रेसको उम्मेद्वार सर्वसम्मत,डा.मथुरा कार्की वडाअध्यक्षमा उठ्दै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.