Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नैतिक मूल्यमा आधारित शिक्षा “टच द लाइट” कार्यक्रम संचालन

Milan Ghimire by Milan Ghimire
August 26, 2019
in जनता स्पेसल, समाचार
0
नैतिक मूल्यमा आधारित शिक्षा “टच द लाइट” कार्यक्रम संचालन
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter
रामेछाप, बद्री नयाँघरे

रामेछाप जिल्लाका सबै स्थानीय निकायका विद्यालयलाई लक्षित गरी ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, रामेछापले कक्षा ६ देखि ८ सम्मका बिद्यार्थी हरुको लागि नैतिक मूल्यमा आधारित शिक्षा “टच द लाइट” कार्यक्रम संचालन गर्ने भएको छ । केन्द्रले आइतबार सदरमुकाम मन्थलीमा रहेको मन्थली माध्यमिक विद्यालयमा कार्यक्रम आरम्भ गरी उक्त सन्देश प्रवाह गरेको हो ।
पछिल्लो समयमा बिद्यालयमा पढ्ने वालवालिकाहरुमा नैतिक मूल्य मान्यता, अनुशासन एवं संस्कारमा हस आएको भन्दै त्यसको न्यूनीकरणको लागि केन्द्रले जिल्लाका सरोकारवालाहरुको उपस्थितिमा उक्त कार्यक्रम आरम्भ भएको जानकारी गराएको छ । जिल्लामा रहेका आठ वटै स्थानीय निकायका विद्यालयहरुलाई लक्षित गरी आरम्भ गरिएको उक्त कार्यक्रम पहिलो चरणमा मन्थलीको मन्थली मा.वि., तामाकोशी अंग्रेजी बोर्डिङ स्कूल, रामेछाप नगरपालिका भीमेश्वर आधारभूत विद्यालय र खाँडादेवी गाउँ पालिकाको प्रयागेश्वर माध्यमिक विद्यालयमा संचालन गरिने जानकारी सो अवसरमा गराईएको थियो ।
केन्द्रले संचालन गर्न लागेको कार्यक्रममा चालु शैक्षिक शत्रमा कक्षा ६ बाट प्रारम्भ गरी क्रमशः सोही बिद्यार्थीहरुलाई कक्षा ८ सम्म हप्तामा एक घण्टी मात्र पढाइने र उक्त प्रयोजनको लागि सेवा केन्द्रबाट तालिम प्राप्त ब्रह्माकुमार र ब्रह्माकुमारी परिचालन गर्ने जनाइएको छ ।
नेपाल सरकारले विद्यालयको कोर्समा नैतिक शिक्षालाई कम प्राथमिकता दिदा बिद्यार्थीहरुमा नैतिक आचरण र अनुशासनमा कमी आइरहेको बेला केन्द्रले पहिलो पटक विद्यालय लक्षित उक्त कार्यक्रम संचालन गर्न लागेको जानकारी कार्यक्रमका अवसरमा ब्रह्माकुमार भरतकुमार श्रेष्ठले जानकारी गराउनु भयो । उहाँका अनुसार बिद्यालयमा मात्र नभएर घर, परिवार, समाज र राजनीतिमा समेत नैतिकताको खडेरी बढ्दै गएको महसुस गरी विद्यालय स्तरबाटै यस किसिमको कार्यक्रम संचालन गर्न लागिएको हो ।


जिल्ला स्तरीय उद्घाटन कार्यक्रम मन्थली नगर पालिकाका नगर प्रमुख रमेशकुमार बस्नेतले दिप प्रज्ज्वलन गरी मन्थलीवाट अभियान आरम्भ भएको घोषणा गर्नु भएको थियो । सो अवसरमा प्रमुख वस्नेतले विद्यालय र समाजमा बढ्दो तडक भडक र अशिक्षाका कारण त्यसको प्रत्यक्ष असर परिरहेको बेलामा राजयोग सेवा केन्द्रले गर्न लागेको कार्यक्रमको खुलेर प्रशंसा गर्नु भएको थियो । वहाँले यस खालको कार्यत्रलमले बालबालिकाहरुमा नैतिक मूल्य मान्यताका विकास हुनुका साथै यसबाट समृद्ध नेपाल निर्माणमा समेत सहयोग पुग्ने धारणा ब्यक्त गर्नुभयो । कार्यक्रममा ब्रह्माकुमार नवराज भण्डारीले आजको भौतिकताको चरमोत्कर्षमा विकास अगडि बढिरहेको सन्दर्भमा मानवमा दिनानुदिन नैराश्यता बढिरहेको अवस्थालाई मध्यनजर गरी मानवमा सकारात्मक जीवनशैली, आध्यात्मिक उन्नति एवं नैतिक रुपमा जागृत गर्न आवश्यक रहेको कुरामा जोड दिनु भयो । सो अवसरमा मन्थली माध्यमिक विद्यालयका प्रधानाध्यापक टंकप्रसाद दाहालले बिगत दुई बर्षदेखि विद्यार्थीहरुमा नियमित रुपमा राजयोग ध्यानको अभ्यास गराइरहेको र त्यसबाट आम बिद्यार्थी र शिक्षकहरुमा समेत सकारात्मक परिवर्तन आएको भन्दै केन्द्रलाई यस खालको कक्षा नियमित रुपमा संचालन गरिदिन आग्रह गर्नु भयो ।


ब्रह्माकुमारी सीता दिदीले अध्यक्षता गर्नु भएको सो कार्यक्रममा मन्थली नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमन्त बुढाथोकी, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख भरत भट्टराई, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जगदीश प्रसाद सुवेदी, अभिभावक शिक्षक संघका अध्यक्ष बीरेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघका ३ नं. प्रदेशका सदस्य बद्री नयाँघरे, ब्रह्माकुमारी विष्णु, लगायत कक्षा ६ मा अध्ययनरत चार वटा सेक्सनका गरी १४४ जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

पत्रकारसँग डराउने संसद् मिनी

Next Post

नेपाली फिल्मको प्रचारका लागि सन्नी लियोन नेपाल आउने

Next Post
नेपाली फिल्मको प्रचारका लागि सन्नी लियोन नेपाल आउने

नेपाली फिल्मको प्रचारका लागि सन्नी लियोन नेपाल आउने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.