Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा पनि स्थानिय तहको निर्वाचनमा तालमेल गरेर जाने निर्णय

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
रामेछापमा पनि स्थानिय तहको निर्वाचनमा  तालमेल गरेर जाने निर्णय
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । सत्ता साझेदार पाँच दलिय गठबन्धनको संयुक्त बैठकले आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेको छ ।

केन्द्रमा पाँच दलिय संयन्त्रको बैठकले निर्णय गरेर जिल्लामा पठाएको पत्राचार अनुसार रामेछापमा पनि गठवन्धन बाटै निर्वाचनमा जाने निर्णय गरेको हो । बैठकमा नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापका पार्टी सभापति पूर्णवहादुर तामाङ (कान्छाराम), नेकपा माओवादी केन्द्रका संयोजक मैनकुमार मोक्तान, नेकपा एकीकृत समाजबादीका अध्यक्ष रमेशकुमार बस्नेत र जनता समाजबादी पार्टीका संघीय परिषद सदस्य रोजबहादुर मोक्तान लगाएतका नेता तथा कार्यकर्ताहरु उक्त वैठकमा सहभागी रहेका थिए ।

पाँच दलिय गठवन्धनको बैठकमा सहभागी भएका नेताहरुले एकले अर्को पार्टीलाई प्रतिकुल असर पर्ने अभिव्यक्ति नदिने र पार्टी र व्यक्तिको अहित हुने किसिमको कुनै पनि गतिविधिहरु नगर्ने, नगराउने निर्णय भएको छ । पाँचदलिय सयुक्त बैठकपछि नेताहरुले संयुक्त हस्ताक्षर सहितको विज्ञप्ती समेत प्रकाशन गरेका छन् । गठवन्धनमा रामेछापमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टी सहभागी हुने छन् ।

स्थानिय तहको निर्वाचनमा रामेछापका ८ वटै स्थानिय तहमा पाँच दलिय गठवन्धन मार्फत निर्वाचन होमिने भनेता पनि कुन दलवाट कुन पालिकामा कसलाई उम्मेदवार बनाउने भन्ने बिषयमा छलफल भइरहेको नेपाली काँग्रेस रामेछापले जनाएको छ । पाँच दलिय गठवन्धनले उम्मेदवारको टुङ्गो लगाउन आजै देखी बैठक बसेर गृह कार्य गर्न थालिने नेपाली काँग्रेस रामेछापका सभापति पूर्णवहादुर तामाङ (कान्छाराम)ले जानकारी दिए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

मन्थली नगरपालिका ५ सुनरपानि कांग्रेसको उम्मेद्वार सर्वसम्मत,डा.मथुरा कार्की वडाअध्यक्षमा उठ्दै

Next Post

लिखुतामाकोशीको  पालिका अध्यक्ष जित्ने एक्लो उम्मेद्वार म हो- भोजराज खड्का (सुन्दर)

Next Post
लिखुतामाकोशीको  पालिका अध्यक्ष जित्ने एक्लो उम्मेद्वार म हो- भोजराज खड्का (सुन्दर)

लिखुतामाकोशीको  पालिका अध्यक्ष जित्ने एक्लो उम्मेद्वार म हो- भोजराज खड्का (सुन्दर)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...