Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बिकास रकम बाडफाडमा एकलौटी गरेको भन्दै माईन्युट च्याताच्यात

जनता भ्वाइस by जनता भ्वाइस
April 19, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
बिकास रकम बाडफाडमा एकलौटी गरेको भन्दै माईन्युट च्याताच्यात
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । नगर प्रमुखले एकलौटी बिकास रकम बाडफाड गरेको भन्दै कार्यपालीकाको बैठकमै सदस्यहरुले माईन्युट च्यातेका छन् । मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले चुनावलाई लक्षित गरेर आफूखुसी आफ्नो कार्यकर्तालाई बाढेको सदस्यहरूको आरोप छ ।

मन्थली नगरकार्य पालीकाको बैठकमा मेयरको कार्यशैली असन्तुष्टी जनाउँदै कार्यपालीकाको सदस्यहरुले बैठक सुरु हुने बित्तिकै गत बैठकको समिक्षा गर्ने र त्यसपछि मात्र बैठक अगाडि बढ्नु पर्ने अडान लिएपछि दिनभर बैठक स्थलमा हो हल्ला हुनुका साथ अबरुद्ध भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी समाजबाजीका जिल्ला अध्यक्ष समेत रहेका मन्थली नगरपालिकाका मेयर रमेश कुमार बस्नेतले आफ्नो पार्टी संघ र प्रदेशमा पनि संलग्न भएपछि आएको करिब करिब ५ करोड रुपैयाँलाई २ लाख भन्दा माथिका टुक्रे योजना मार्फत आगामी स्थानिय निर्वाचन लक्षित बनाएर आफना आसेपासे र कार्यकर्तालाई मनपरि ढंगले वितरण गरेको जानकारीका आधारमा पालिकाका सदस्यहरुले माईन्युट र आबश्यक कागजाज झिकाउन माग गरेका थिए ।

विषेशगरि नेकपा माओबादी निकट वडाध्यक्ष र कार्यपालीकाका सदस्यहरुले यस अघि भए गरेको केहि कामको प्रमाण र माईन्युट ल्याएर समिक्षा नगरेसम्म बैठक अघि बढ्न नदिने अडान लिएपछि बैठकमा दोहोरो भनाभन र हो हल्ला समेत भएको थियो । जसकाकारण दिनभर जसो बैठक अरुद्धनै भयो ।

वडा अध्यक्ष र कार्य पालीकाका सदस्यहरुले आधार र प्रमाण मागि गरेको अबस्थामा नगर प्रमुखले माईन्युट र कागज जुटाउन समय लाग्ने भन्दै दिनभरिनै टारी नै रहे । वडा नं ५ का वडा अध्यक्ष रामबहादुर कार्कीले आफु पनि कानूनका विद्यार्थि भएको भन्दै प्रजिअ दिपक पहाडीलाई फोन गरि बैठकको अबरोध र संभाबीत कानुनी उपचारको बारेमा जानकारी माग गरेका थिए ।

उनिहरुको नियमित अडान र होहल्लापछि प्रमुख प्रशासकिय अघिकृत लिलाराज पौडेलले पनि बैठकको अबरुद्ध्ता र मागेको कागजाजका बारेमा प्रजिअलाई जानकारी गराएका थिए । जबाफमा आफुले कार्यपालीकाको सबालहरु आफनो अधिकार क्षेत्र भित्र नपर्नै भन्दै कानुनको परिधि भित्र रहेर प्रकया अगाडि बढाउन जानकारी गराएको प्रजिअ दिपक पहाडिले जानकारी दिए । उनले भने– पछि मैले बैठकमा माईन्युटनै च्यातिएको खबर मात्र आफुले सुनेको हुँ । त्यसवाहेक आफुलाई थप जानकारी नभएको बताए ।

चैत २९ गते १२ बजेबाट बैठक शुरु भएको भए पनि दिनभरको अबरोध भएपछि बेलुकी ४ बजे पछि मात्र माईन्युट झिकाईएको थियो । माईन्युटमा यस अघिको बैठकको पुछारको हस्ताक्षरलाई छोपेर कारीब ५ करोड बजेटका ९० योजना ४ वटा पनामा टाँस गरि बद्नियत पुर्ण र जालसाजी तरिकाले नगर प्रमुख बस्नेतले काम गरेको पाएपछि कार्यपालिकाका सदस्यहरुले बैठकमा नै माईन्युट च्यातेका थिए ।

उनीहरुले यस बारेमा कानुनी अबस्था र पालीकाका सदस्यहरुको अधिकारका बारेमा पनि जानकारी गराएपछि नगर प्रमुख बस्नेतले सबै काम आफुले मात्र गरेको र यसमा प्रशासकिय अधिकृतको समेत केहि दोष नभएको भन्दै माफी मागे पछि आफुहरु पछाडी हटेको एक वडाध्यक्षले बताए । उनले यस बारेमा पुन छलफल गरेर मात्र अघि बढ्ने सहमति भएको पनि जानकारी दिए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

एमाले केन्द्रीय सदस्य माधव ढुंगेलमाथि आफ्नै कार्यकर्ताले गरे हातपात

Next Post

गठबन्धनले मत बदर हुने सम्भावना

Next Post
गठबन्धनले मत बदर हुने सम्भावना

गठबन्धनले मत बदर हुने सम्भावना

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.