Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अवैधरुपमा सञ्चालित आधा दर्जन दुग्ध उद्योगमा शिलबन्दी

Milan Ghimire by Milan Ghimire
August 26, 2019
in जनता स्पेसल, समाचार
0
अवैधरुपमा सञ्चालित आधा दर्जन दुग्ध उद्योगमा शिलबन्दी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भदौ ९,लहान

अनुमति बिना अवैधरुपमा सञ्चालित सिरहाको आधा दर्जन डेरी उद्योगमा शिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा दुर्गन्धित तथा कागजपत्र बिनै सञ्चालन गरिरहेको पाइएपछि छ वटा डेरी उद्योगमा शिलबन्दी गरिएको हो ।

सदरमुकाम सिरहास्थित ज्वाइस दही तथा आइसक्रिम उद्योग, बजरङ्ग डेरी उद्योग, सुखचैनास्थित लक्ष्मी डेरी उद्योग, नरहास्थित सुधा दूध डेरी उद्योगमा शिलबन्दी गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीका सुरेशकुमार सिंहले जानकारी दिए ।

दुई उद्योगले भने नाम नै नराखी व्यवसाय गर्दै आएका थिए । शिलबन्दी गरिएका अधिकांश डेरी उद्योगले गाईभैँसीको दूधको साटो प्याकेटवाला पाउडर दूधको प्रयोग गरेको तथा सरकारले तोकिएको मापदण्ड २५ प्रतिशत पनि पालना नगरेको अनुगमनका क्रममा पाइएको प्रमुख सिंहले बताए ।

डेरी उद्योगीलाई पटकपटक डेरी उद्योगको मापदण्ड अपनाउन निर्देशन दिए पनि बेवास्ता गरेकाले शिलबन्दी गरेको प्रमुख सिंहको भनाइ छ । सिरहामा करीब ४५ वटा दूध डेरी उद्योग दर्ता भई सञ्चालनमा रहेको जनाइएको छ । तीमध्ये कतिपयको कागजपत्र छैनन् भने कतिपय मापदण्डविपरीत सञ्चालन गर्दै आइरहेका छन् ।

onlinekhabar

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

बाम्तिभण्डार सडक जीर्ण,यात्रु सास्तिमा : वडा अध्यक्ष भन्छन् समस्या छैन्

Next Post

पत्रकारसँग डराउने संसद् मिनी

Next Post
पत्रकारसँग डराउने  संसद् मिनी

पत्रकारसँग डराउने संसद् मिनी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.