तत्काल ब्याजदर नबढाउने नेपाल बैंकर्स संघको निर्णय



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई ब्याजदर बढाउन प्रोत्साहन गरेको भए पनि नेपाल बैंकर्स संघले तत्काल ब्याजदर नबढाउने निर्णय गरेको छ । बैंकर्स संघको शुक्रबार बसेको बैठकले तत्काल ब्याजदर नबढाउने निर्णय गरेको हो । तर, भदौ महिनामा भने ब्याजदरमा रिभ्यु हुने सहमति भएको छ ।

भदौ महिना लाग्न १० दिन मात्र बाँकी रहेकोले साउनमा ब्याजदर बढाउँन त्यत्ति व्यावहारिक नहुने नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्ययले जानकारी दिए । तर, आगामी महिनामा भने ब्याजदरमा रिभ्यु हुने उनको भनाइ छ । “अहिल्यै ब्याजदर बढाउन त्यत्ति ब्यावहारिक लागेन । हामीले एउटा सहमति गरेका छौं । आगामी महिना रिभ्यु हुन्छ,” उपाध्ययले भने ।

बैंकहरूले गत फागुनदेखि नै निक्षेपको ब्याजदर बढाएका छैनन् । फागुनमा नै मुद्दती निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर पु¥याएका बैंकहरूले सो पश्चात् त्यहि ब्याजदरलाई निरन्तरता दिँदै आएका छन् ।

तपाईको प्रतिकृया दिनुहोस्