Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सर्वाेच्च अदालतद्धारा एनसेलको पक्षमा फैसला

Milan Ghimire by Milan Ghimire
August 27, 2019
in जनता स्पेसल, समाचार, सूचना प्रविधि
0
सर्वाेच्च अदालतद्धारा एनसेलको पक्षमा फैसला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ, भदौ ०९ । निरोज थापा ।

सर्वोच्च अदालतले पुंजीगत लाभकरको बिषयमा दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको पक्षमा फैसला गरेको छ। अदालतले ठूला करदाता कार्यालयले निर्धारण गरेको कर उल्ट्याउदै एनसेलको पक्षमा निर्णय गरेको हो । ठुला करदाताले निर्धारण गरेको भन्दा फरक तरिकाले निर्णय गर्दै एनसेलले कर तिर्नुपर्ने भनी थाहा पाएको मितिबाट मात्रै पुँजीगत लाभकर तिराउनु भनी सर्वोच्च अदतलले फैसला गरेको छ।

ठूला करदाता कार्यालयले एनसेलमाथि ६२ अर्ब ६३ करोड रुपैयाँ कर निर्धारण गरेको थियो। यसमध्ये करिब साढे ३९ अर्ब रुपैयाँ एनसेलले बुझाउन बाँकी थियो । तर, उसले करिब साढे १४ अर्ब रुपैयाँ मात्र कर निर्धारण हुनुपर्ने भन्दै आदेशमा चित्त नबुझेपछि २०७६ बैसाख ९ मा सर्वोच्च अदालतमा अर्को रिट दायर गरेको थियो । सर्वोच्चको फैसलामा एनसेलमाथि कर लगाउने बैसाख ३ गतेको ठूला करदाताको निर्णय बदर हुने उल्लेख छ।

पहिलोपटक प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको पूर्ण इजलासले टुंग्याएको यो विवाद पुनः सर्वोच्चमा रिटको क्षेत्राधिकारअन्तर्गत एनसेल आएपछि केही महिनादेखि विचाराधीन थियो। एनसेलले लाभकर छुट हुनुपर्ने दाबी गरेको मुद्दा सर्वोच्चका पाँच न्यायाधीशले पुनः सुनुवाइ गरेका थिए। न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, शुष्मालता माथेमा र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासमा उक्त मुद्दाको सुनुवाइ गरेका हुन्।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

उमाकुण्डमा चट्याङ लागेर एक जनाको ज्यान गयो

Next Post

पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रविसहित २ जना धरौटीमा छुटे : रविले पुडासैनी मृत्युबारे सार्वजनिक रुपमा बोल्न नपाउने

Next Post
पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका  रविसहित २ जना धरौटीमा छुटे : रविले पुडासैनी मृत्युबारे सार्वजनिक रुपमा बोल्न नपाउने

पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रविसहित २ जना धरौटीमा छुटे : रविले पुडासैनी मृत्युबारे सार्वजनिक रुपमा बोल्न नपाउने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.