Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जब ‘हनी ट्रयाप’ मा फसे सुन व्यापारी, यस्ताे थियो घटना

जनता भ्वाइस by जनता भ्वाइस
August 19, 2022
in समाचार
0
जब ‘हनी ट्रयाप’ मा फसे सुन व्यापारी, यस्ताे थियो घटना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरका सुनचाँदी पसल संचालकलाई ४ महिला र ३ जना पुरुष मिलेर योजनाबद्ध ‘हनी ट्रयाप’मा पारेका छन् । हनी ट्रयापमा पारेको आरोपमा प्रहरीले ४ महिला र एकजना पुरुष सहित ५ जनालाई पक्राउ गरेको छ । योजनामा संलग्न अरु २ जना फरार छन् ।

आरोपीहरुले ट्रयापमा पारेपछि ब्यापारीलाई घोराही उपमहागरपालिका–१३ स्थित बडहरामा लगेर १ लाख नगद र ११ लाख बराबरको चेक लिएर छाडेको दाङका एसपी सुरेश काफ्लेले जानकारी दिए ।

सो कसुरमा संलग्न आरोपमा प्रहरीले घोराही उपमहानगरपालिका–१० बस्ने ३२ वर्षीया पवित्रा डाँगी, ३२ वर्षीया विमला डाँगी, २९ वर्षीया शान्ता नेपाली, २२ वर्षीया शर्मिला नेपाली र रोल्पा घर भएका ४० वर्षीय दिलिप कुमार वलीलाई पक्राउ गरेको छ भने अजय बुढाथोकी र लोकेन्द्र मगर फरार छन् ।साउन २७ मा पक्राउ गरेर उनिहरुलाई अपराधी लाभ लिन नहुने कसुरमा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यसरी फसेका थिए सुन व्यापारी
दुई महिनाअघि दिलिप कुमार ओलीले नारायणपुर बजारमा बस्ने आफ्नो चिनजानका सुन चाँदी पसल सञ्चालकसँग धेरै पैसा भएको र सो पैसा कसरी तान्ने भनेर शान्ता नेपाली र पवित्रा डाँगीसँग बसेर योजना बनाए । दोस्रो चरणमा उनीहरुले बिमला डाँगीसँग त्यसबारे छलफल गरे ।

शान्ता नेपालीको घरमा छलफल गरेर उनीहरुले शान्ताको नन्द नाता पर्ने प्रमिला नेपाली ‘सर्मिला’लाई तिलहरी बेच्ने बहाना बनाएर सुन पसलमा गएर चिनजान गर्ने र नम्बर मागेर ल्याउने बारे छलफल गरेका थिए । शर्मिलाको घरबार बिग्रेको र पतिसँग पनि नराम्रो भएको हुनाले पैसा आउने आशामा शर्मिला त्यसमा राजी भइन् । त्यसपछि शर्मिला तिलहरी बेच्ने बहानामा सुन पसलमा गएर चिनजान गरिन्, नम्बर लिएर फर्किन् ।

नम्बर पाएपछि शर्मिलाले फोन गरेर ब्यापारीलाई प्रेम जाल फ्याँकिन् । प्रेमको कुरा हुन थाल्यो, बेला बेला होटलमा भेटेर खाजा खाने र गफ गर्ने सामान्य हुन थाल्यो ।

आरोपीहरु त्यसपछि पवित्रा डाँगीको घरमा जम्मा भएर शर्मिला र व्यापारी सँगै बसेको मौका पारेर रकम बार्गेनिङ गर्ने योजनामा पुगे । अनि, प्रमिला नेपालीलाई पवित्रा डाँगीको घरमा डेरा दिएर बस्ने व्यवस्था मिलाएर । पछिल्लो एक महिनादेखि शर्मिला नेपाली पवित्राको घरमा डेरा लिएर बस्न थालिन् ।

पवित्राले योजना सफल बनाउन मान्छे थोरै भएको भनेर अजय बुढाथोकी र लोकेन्द्र मगरलाई पनि टिममा समेटिन् । साउन २४ मा सवैजना बसेर शर्मिलाको कोठामा ब्यापारीलाई बोलाउने सल्लाह गरे । कोठामा आएपछि प्रमिला नेपालीले शान्तालाई कोठामा आएको कुरा जानकारी दिन फोन र म्यासेज गर्ने योजना बनाएको एसपी काफ्लेले जानकारी दिए ।

साउन २६ मा ११ बजे शर्मिलाको डेरामा ति व्यापारी आए । सवैजना गएर ढोका खोल्न लगाएर ‘हाम्रो छोरी चेलीको इज्जतमाथि हात हालिस् रु’ भन्दै मुक्का हान्न शुरु गरे । ३ जना पुरुषले अर्को कोठामा लगेर घोराहीमा रहेको घडेरी मागे । व्यापारी चकित भए । व्यापारीले ‘घडेरी तत्काल नाममा आउन सक्दैन्’ भनेपछि उनीहरुले भोलिपल्ट असार २७ मा ति व्यापारीलाई घोराही उपमहानगरपालिका–१३ बडहरा स्थित ईट्टा भट्टामा लगेर घरमा फोन गरेर पैसा माग्न लगाए । व्यापारीले भतिजलाई फोन गरेर १ लाख नगद र चेक ल्याउन भने । अनि, दुई लाख दरका दुई थान चेक, ७ लाख २० हजारको अर्को चेक र १ लाख नगद लिएर उनीहरुले व्यापारीलाई मुक्त गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

नगद र चेक साटेर बाँडफाँड गर्नेगरी अजय बुढाथोकीले राखेका थिए । अजय र लोकेन्द्र फरार छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

अविरल वर्षासँगै आएको बाढी-पहिरोले ठोसेमा पाँच घर बगायो

Next Post

माओवादीको महासचिवमा देव गुरुङ चयन

Next Post
माओवादीको महासचिवमा देव गुरुङ चयन

माओवादीको महासचिवमा देव गुरुङ चयन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.