Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सामुदायिक विद्यालयले देखाउने रिजल्टको भागिदार संस्थागत विद्यालय हुन्- प्रिन्सिपल बास्तोला

जनता भ्वाइस by जनता भ्वाइस
April 15, 2023
in अन्तर्वार्ता, जनता स्पेसल, शिक्षा, समाचार
0
सामुदायिक विद्यालयले देखाउने रिजल्टको भागिदार संस्थागत विद्यालय हुन्- प्रिन्सिपल  बास्तोला
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

नयाँ बर्षको आगमनसंगै बिद्यालयहरु नयाँ शैक्षिक सत्रको लागि विद्यार्थी भर्ना अभियानमा व्यस्त छन्। सामुदायिक र संस्थागत विद्यालयहरुको एक किसिमको प्रतिस्पर्धा पनि देखिन्छ यो बेला। सकेसम्म निजि विद्यालयनै धेरै विद्यार्थी र अभिभावकको रोजाइमा पर्ने गरेका छन्। तर केही निजि विद्यालयले भने लुटको खेति चलाइरहेको जनगुनासो पनि सुनिदै आएको छ। यिनै समसामयिक बिषयबस्तुमा संवार्ताकार उद्धव अविचलले सनफ्लावर सेकेण्डरी बोर्डिङ स्कुलका संस्थापक/प्रिन्सिपल नारायण बास्तोलासंग गरेको कुराकानीको संपादित अंश।


प्रश्न – १) नारायण सर स्वागत छ यो शृङखलामा।
– धन्यवाद सर अनि यो असीको दशकमा तपाईको मिडिया मार्फत म सबै शुभेच्छुकमा शुभकामना व्यक्त गर्न चाहान्छु।


प्रश्न –२) विद्यार्थी भर्ना अभियानको समय छ अहिले मुटुको धड्कन कतिको बढेको छ नि?
– सायद तपाईले निजि स्कुलको म प्रिन्सिपल भएको नाताले यो प्रश्न गर्नु भएको होला। मैले नेतृत्व गरेको स्कुल धनुषा जिल्लामा स्थापित स्कुल हो। २०५१ साल देखि हामी निरन्तर गुणस्तरीय शिक्षाको अभियानमा तल्लिन छौँ ।मुटुको धड्कन बढ्नु भन्दा पनि हामीलाई र हाम्रो संस्थालाई विश्वास गर्ने अभिभावक र बिद्यार्थी भाइबैनीको भविश्य कसरी सुनिश्चित बनाउन सकिन्छ भन्ने चिन्ताले चाहि घोचिरहन्छ मलाई।


प्रश्न – ३) तपाई संस्थागत विद्यालयको संचालक/प्रिन्सिपल हुनुहुन्छ। तपाईहरु त शिक्षाको नाममा कमाउ धन्दामा व्यस्त हुनुहुन्छ भन्ने आरोप पनि छ नि के भन्नु हुन्छ तपाई?
– प्रश्नको लागि धन्यवाद। मकै पिस्दा घुन पिसिनुलाई म स्वभाविक मान्छु।मैले माथि पनि भने सुहाउदो शुल्कमा गुणस्तरीय शिक्षा दिने हाम्रो उदेश्य हो। केही निजि बिद्यालयहरुले त्यो बाटो रोजे होलान् , त्यसको जिम्मेवार हामी हैनौ र हुदैनौ पनि। म तपाईको मिडिया मार्फत आम जनमासलाई के विश्वास दिलाउन चाहान्छु भने हामी अत्यन्त न्युन शुल्क लिएर सबै वर्गको पहुँचमा हाम्रो विद्यालयको शिक्षालाई पुर्याउन चाहान्छौँ।


प्र ४)अब फरक पाटोमा जाउँ, बास्तवमा भन्ने हो भने राष्ट्रको शैक्षिक अबस्थामा संस्थागत विद्यालयको भूमिका कस्तो छ नि?
– उद्धव जी तपाईहरुलाई नै सबै कुरा जानकार छ। देशको एस ई ई रिजल्टलाई हेर्नु हुन्छ भने संस्थागत विद्यालयकै हालिमुहाली छ। सामुदायिक विद्यालयले देखाउने रिजल्टको पनि भागिदार संस्थागत विद्यालयनै हुन्। किनकि अधिकांश निजिका बिद्यार्थीहरु मावि तहमा पुगेपछि सामुदायिक जाने गरेको भेटिन्छ ।एउटाले विरुवा रोप्यो, मलजल गर्यो, तर फल अर्कैले खायो भने जस्तै भएको छ।


प्र५ ) यसको मतलब सामुदायिक विद्यालयको काम छैन भन्न खोज्नु भएको हो?
– म सामुदायिक विद्यालयको प्रशंसक हुँ।म घृणा हैन माया र सम्मान गर्छु सामुदायिक विद्यालयहरुलाई। मेरो मान्यता के चाहिँ हो भने उहाँहरुले पनि हामीलाई घृणा गर्न चाहि मिल्दैन। उहाहरुको सम्पूर्ण स्वामित्व राज्यले लिन्छ। हाम्रो आयस्रोतको मार्ग भनेकै विद्यार्थी शुल्क हो र पनि हामी सबै पक्षलाई समेटेर अगाडि बढिरहेको अबस्थामा सामुदायिक विद्यालयहरुले हामीसंग बदलाको भाव लिनु हुन्न भन्ने मेरो मान्यता हो।


प्र६) राज्यको व्यवहारबाट कतिको सन्तुष्ट हुनुहुन्छ?

– म के भनौ अब। नढाटि भन्ने हो भने हामी निजि स्कुलहरूको लागि त राज्य छ जस्तो भानै हुदैन। हामीलाई राज्यले संरक्षण भन्दा पनि कसरी बिस्थापित गर्न सकिन्छ भनेर खेदिरहेको छ। कोरोना महामारीले हाम्रा कति साथीहरु बिछिप्त हुनुभयो र पनि र राज्यले सहयोग नगरेर मुकदर्शक बनिरह्यो।हामी राज्यलाई कर तिर्छौ, राज्यका नागरिकलाई शिक्षित बनाउछौ, रोजगार दिइरहेका छौ तर बिडम्बना हामी राज्यबाट अपहेलित छौँ। यस्तो भाव ओकल्नुपर्दा मेरो मन समेत भक्कानिएर आउछ।


प्र ७ ) अन्तमा केही भन्नै पर्ने कुरा छन् कि?
– सर्बप्रथम तपाईको मिडियाप्रति आभार व्यक्त गर्न चाहान्छु मेरा बिचार र भाबनालाई स्थान दिनुभएकोमा। म सबै हाम्रा शुभेच्छुकलाई हाम्रो सनफ्लावरमा भ्रमण गर्नको लागि निम्ता दिन चाहान्छु। हामी तपाईहरुकै माया र सद्भावमा अडिएका छौ। गुणस्तरीय शिक्षामा हामी प्रतिबद्ध छौ। यहाहरुको सल्लाह र सुझाब हाम्रो लागि संधै प्रेरणाको स्रोत बन्ने छन् । धन्यवाद।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts

Previous Post

बागलुङको काठेखोलामा खानेपानी अभाव

Next Post

आन्तरिक अधिवेशनको रिस अन्य निर्वाचनमा पोख्नु हुन्न- कांग्रेस सचिव खड्का

Next Post
आन्तरिक अधिवेशनको रिस अन्य निर्वाचनमा पोख्नु हुन्न- कांग्रेस सचिव खड्का

आन्तरिक अधिवेशनको रिस अन्य निर्वाचनमा पोख्नु हुन्न- कांग्रेस सचिव खड्का

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

सल्लाहकार               : शेरबहादुर तामाङ्ग
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...