Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सत्य-तथ्य र खोजमुलक समाचारका लागि पत्रकारले सक्रिय भूमिका निर्वाह गर्नुपर्छ : नगरप्रमुख श्रेष्ठ

जनता भ्वाइस by जनता भ्वाइस
April 30, 2023
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
सत्य-तथ्य र खोजमुलक समाचारका लागि पत्रकारले सक्रिय भूमिका निर्वाह गर्नुपर्छ : नगरप्रमुख श्रेष्ठ
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले सत्य तथ्य र खोजमुलक समाचारका लागि पत्रकारले सक्रिय भूमिका निर्वाह गर्नु पर्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघ रामेछाप जिल्ला शाखाले शुक्रबार देखि मन्थलीमा आयोजना गरेको अनलाइन प्रविधिमा आधारित तालिमको उद्घाटन गर्दै श्रेष्ठले यस्तो बताएका हुन् । संचार माध्यम र त्यसमा सम्लग्न पत्रकाहरुले निमुखाको साहारा वन्नु पर्ने बताउँदै उनले भने- सत्य तथ्य र खोजमुलक समाचारका लागि पत्रकारले सधैंब सक्रिय भूमिका निर्वाह गर्नुपर्छ।
‘
मन्थली नगरपालिकाले निर्वाचनमा जुनसुकै पार्टीबाट जितेर आएपनि साझा भावनाका साथ काम गर्दै आएको वताउदै उनले नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलाई मुख्य ध्यान दिएर काम गर्दै आएको वताए । अझैपनि आधारभुत विद्यालयको नतिजाले आफुहरुलाई सन्तुष्ट नपारेको बताउँदै उनले भने – अव तपाईहरुको कलम शैक्षिक सत्रको सुधारका लागि चल्नुपर्छ । उनले पत्रकार र संचार क्षेत्रको विकासका लागि मन्थली नगरपालिका सहयोग गर्न तयार रहेको उनले वताए ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा अध्यक्ष बद्री नयांघरेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमति प्रदेशका महासचिव कृष्ण सारुमगर, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष अप्रिल अधिकारी र प्रेस चौतारीका जिल्ला अध्यक्ष नबराज श्रेष्ठले पत्रकारीतामा अनलाईन प्रविधिको शिप प्रदान गर्ने कार्यले जिल्लाको पत्रकारीता क्षेत्रको व्यवसायीक विकासमा सहयोग पुग्ने वताए ।

५ दिन सम्म चल्ने उक्त तालिममा रामेछाप जिल्लामा क्रियासिल करिव २५ जना पत्रकारहरुको सहभागिता रहेको छ । तालिमका लागि नेपाल पत्रकार महासंघ बागमति प्रदेश र मन्थली नगरपालिकाले सहयोग गरेका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

खेलाडीको सफलता नै उसको अनुशासन हो : अध्यक्ष खड्का

Next Post

मन्थलीमा संचालित तीन वटै डेरी कारवाहिमा

Next Post
डेरिले दुध लिन नमानेपछि किसानहरू चिन्तित

मन्थलीमा संचालित तीन वटै डेरी कारवाहिमा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.