Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

एन.एम.वि बैकको खाताबाटै हरायो तरकारी बेचेको पैसा

नारायण थापा by नारायण थापा
May 13, 2023
in जनता स्पेसल, ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
एन.एम.वि बैकको खाताबाटै हरायो तरकारी बेचेको पैसा
1.2k
SHARES
2.5k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं –६ का आइत बहादुर तामाङ आफूले दुखजिलो गरेर जम्मा गरि राखेको पैसा झिक्न तामाङ मन्थली स्थित एन.एम.वि बैकमा पुगे । आफ्नो बचतको हिसाब गर्दा ३५ हजार ५ सय रुपैयाँ झिक्न मिल्ने ठानेर आईतबहादुरले सोहि बमोजिमको चेक बनाए । तर बैंकले तामाङलाई बैङ्कले १५ हजार मात्र खातामा भएकोले ३५ हजार झिक्न नमिल्ने बतायो ।


आईतबहादुरले आफूले खाता नं. खाता नं ०२१००१५२८७१०००११ मा जम्मा गरेको सबै भौचर देखाएर भने –’हेर्नुस मेरो खातामा ३५ हजार नै हुनुपर्छ ।’ त्यस पछि वैकका कर्मचारीहरूले स्टेटमेन्ट चेक गरेर मोबाइल वैकिङ मार्फत २० हजार ५ सय २०७९ सालको फागुनमा नै ट्रान्सफर भै सकेको बताए । आईतबहादुर १५हजार लिएर आफन्तकोमा पैसा हराएको समस्या लिएर पुगे । आफन्त सहित आईतबहादुर बैकमा पुनः पुगेपछि बैकका कर्मचारीहरूले स्टेटमेन्ट दिएर बाँकी प्रक्रियाका लागि प्रहरी कार्यालयमा उजुरी दिन भने । तामाङले सोही अनुसार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए ।


एन.एम.बी. बैक वाट मोबाइल बैङ्किङ सेवा मार्फत मुक्तिनाथ विकास बैक पाल्पा शाखामा रहेको निशान न्यौपानेको खातामा पैसा ट्रान्सफर भएको प्रहरीले बतायो । जिल्ला प्रहरी कार्यालय रामेछापको अनुसार– न्यौपानेले सो खाता २÷३ वर्ष अघि पाल्पामा पढ्न बस्दा खोलेको र खाता अहिले निस्कृय रहेको छ । यस अघिनै न्यौपानेको खाता ह्याक भएकोले त्यसबाट कुनै कारोबार नगरेको तथा खाता बन्द गर्न जाँदा बैकका कर्मचारीहरूले नदिएको जानकारी न्यौपानेले दिए ।


हाम्रा सबै ग्राहकहरूलाई निःशुल्क मोबाइल बैङ्किङ सेवा दिएको वेलामा उहाँको पनि लग इन र पासवर्ड मोबाइलमा आएर बसेको हुन सक्ने र उक्त लग इन र पासवर्ड को दुरुपयोग गरेर ह्याकरले ह्याक गरी रकम अन्यत्र लगेको हुन सक्ने एन.एम.वि बैक मन्थली शाखाका प्रमुख भीषण खत्री बताउँछन । उनि भन्छन्–“उहाँको पैसा हराएको प्रति हामी चिन्तित छौ, हाम्रो तर्फबाट पनि यस बारेमा अनुसन्धान भइरहेको छ यस्तो हुनु असाध्यै दुर्भाग्य पूर्ण काम हो ।”


कहिले काहीँ आफ्नो बारीमा उत्पादन भएको साग सब्जी मन्थलीको सोमवारे हाट र रामेछापको बिहीबारे हाटमा ल्याएर विक्री वितरण गरेर जोगाएको पैसा बैंक खाताबाट नै हराएपछि ७४ वर्षका आइत बहादुर चिन्तित छन । सानो सामान्य खालको टिकटिके मोवाइल चलाउने आईतबहादुरलाई मोवाइल वैकिङ्ग बारेमा केहि थाहा छैन । मेरो मोवाइलवाट कसरी पैसा अर्काको खातामा गयो भनेर उनि आफै छक्क परेको बताउँछन । आईतबहादुर भन्छन– “सागसब्जी बेचेर, हाटबहार धाएर, बुढेसकालमा धेरै दुःख गरेर जोगाएको पैसा यसरी बैक वाटै हराएपछि कसरी वैंकहरु प्रति विश्वास गर्नु ? अरु म केहि जान्दिन मेरो पैसा जसरी पनि मलाई फिर्ता हुनु पर्यो ।”

Author

  • नारायण थापा
    नारायण थापा

    View all posts
Previous Post

६६ वर्षको उमेरमा कक्षा ७ मा भर्ना भए मोहनबहादुर

Next Post

छुटेका पाँच वर्षमुनिका बालबालिकालाई आइतबार खोप लगाउने

Next Post
छुटेका पाँच वर्षमुनिका बालबालिकालाई आइतबार खोप लगाउने

छुटेका पाँच वर्षमुनिका बालबालिकालाई आइतबार खोप लगाउने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.