Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सनातन धर्म, संस्कृति र परम्परामाथी भएको आक्रमणका विरुद्ध एक जुट हुन कमल थापाको आग्रह

Milan Ghimire by Milan Ghimire
August 28, 2019
in अर्थतन्त्र, जनता स्पेसल, मनोरञ्जन, समाचार
0
सनातन धर्म, संस्कृति र परम्परामाथी भएको आक्रमणका विरुद्ध एक जुट हुन कमल थापाको आग्रह
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, भाद्र ११

राप्रपा अध्यक्ष कमल थापाले धर्म निरपेक्षताको आडमा धर्म परिवर्तन र धर्म परिवर्तनको निशानामा सनातन धर्म, मुल्य मान्यता, परम्परा र रितीरिवाज पर्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले हरितालिका तिजको अवसरमा काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले जनस्तरमा मौलिक संस्कृति र परम्पराको रक्षा गर्ने चेतनाको बढोत्तरी हुनु सन्तोषजनक अवस्था रहेतापनि देश र सनातन धर्मका लागि आवश्यक परे आन्दोलनको स्वरुप दिनुपर्ने अवस्था आउने भन्दै त्यसका लागि तयार रहन महिलाहरुलाइ अपिल गरे ।


अध्यक्ष थापाले नेपालका हरेक चाडपर्वको आ–आफ्नै विशिष्टता रहेको र हरितालिका तिजको महत्व आधुनिक परिवेशमा झनै उल्लेख्य रहेको बताए । तिज रमाइलो गर्ने विषय मात्रै नभएर नारी मुक्तिको सन्देश प्रवाह गर्ने एउटा सशक्त आन्दोलन पनि भएको प्रष्ट पार्दै अध्यक्ष थापाले महिलाहरुले दुःख पीडा साट्ने पर्वको रुपमा यसको विशिष्टता रहेको बताए ।

तिज पर्व केवल हिन्दुहरुको मात्रै नरहेको बताउँदै अध्यक्ष थापाले नेपालको सबै जातजाति, भाषा, संस्कृति भएका, हिन्दु बौद्ध जस्ता सनातन धर्म मान्नेहरुको साझा सांस्कृतिक पर्वको रुपमा रहेको स्पष्ट पारे ।
देशमा केही समय यता धर्म परिवर्तनले डरलाग्दो अवस्था सिर्जना गरेको र यसलाई समयमै सम्बोधन नगर्ने हो भने धार्मिक द्वन्द्वको खतरा बढ्न सक्नेमा सचेत रहनुपर्नेमा पनि अध्यक्ष थापाले जोड दिएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ नेता दिपक बोहराले सनातनदेखि कायम रहेको धार्मिक सहिष्णुता जोगाइराख्न तीज पर्वको आफ्नै विशिष्ट महत्व रहेको चर्चा गर्दै हिन्दु राष्ट्र पुनस्र्थाना गरेर राष्ट्रिय पहिचान जोगाउन राप्रपा प्रतिवद्ध रहेको बताए ।
सम्बोधनकै क्रममा पार्टीका सहायक महामन्त्री एवं राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी अध्यक्ष कुन्ती कुमारी शाहीले धर्म, संस्कृति र परम्परामाथि निरन्तर आक्रमण भइरहेकोले राष्ट्रिय पहिचानलाई जोगाउन सबै महिलाहरु एकजुट हुनुपर्ने अवस्था आइसकेको बताउँदै यो आन्दोलनलाई परिणाममुखी बनाउन राप्रपाको झण्डामुनी गोलबद्ध हुन आम महिलावर्गलाई आग्रह गरिन ।


कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं राप्रमसंका सह अध्यक्ष निना भेटवाल, केन्द्रीय सदस्य एवं राप्रमसं ३ नं. प्रदेश समितिका अध्यक्ष नानु नगरकोटी, राप्रमसंका सचिबद्वय मिरा खनाल कुँवर, सरला वि.क. लगायतले आ–आफ्नो धारणा राखेका थिए ।


राप्रमसंमा समाहित भई पार्टी र संगठनलाई योगदान पु¥याएका १२ जना महिलाहरुलाई सो अवसरमा पूर्व सभासद् सरोज शर्मा, मानकुमारी मल्ल, गंगा वि.क., कविता शाह, जानकी न्यौपाने, चन्द्रकला गुरुङ, अम्विका थापा, देवकुमारी पराजुली, सुकु लामा, सिता थापा, कल्पना वसेल, बुद्धमाया पुतुवारलाई सम्मान गरिएको थियो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

तिजका लागि छोरी लिन जाँदा आमाको ज्यान गयो

Next Post

सिन्धुलीमाडीमा ७ लाख ४७ हजार राजस्व संकलन

Next Post
सिन्धुलीमाडीमा  ७ लाख ४७ हजार राजस्व संकलन

सिन्धुलीमाडीमा ७ लाख ४७ हजार राजस्व संकलन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...