Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

दोश्रो चौमासिक सम्म गोकुलगंगा गाउँपालिकाको खर्च ५५.९४ प्रतिशत

Kumar Shrestha by Kumar Shrestha
May 15, 2023
in ब्यानर समाचार, समाचार
0
दोश्रो चौमासिक सम्म गोकुलगंगा गाउँपालिकाको खर्च ५५.९४ प्रतिशत
1.2k
SHARES
3.1k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप – गोकुलगंगा गाउँपालिकाको हाल सम्म ५५.९४ प्रतिशत मात्र रकम खर्च भएको पालिकाले जनाएको छ । चालु आर्थिक वर्ष २०७९/८० को दोश्रो चौमासिक अवधिसम्म ५५.९४ प्रतिशत रकममात्र खर्च भएको हो । दोस्रो चौमासिक अवधिसम्मको विकास आयोजना तथा कार्यक्रमको प्रभावकारीता तथा सेवा प्रवाहको अवस्था विषयक सार्वजनिक सुनुवाइमा पालिकाले उक्त कुरा जानकारी गराएको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत होम बहादुर थापाले गाउँपालिकाको समग्र प्रगति प्रतिवेदन सहित आर्थिक क्षेत्रमा सम्पन्न योजना विवरण जानकारी गराए ।
प्रमुख प्रशासकिय अधिकृत थापाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन अनुसार गाउँपालिकाले चालु तर्फ रु ३३ करोड ८७ लाख ८० हजार र पुँजीगत तर्फ रु ३१ करोड ४१ लाख ६६ हजार गरी जम्मा रु ६५ करोड २९ लाख ४६ हजार विनियोजन भएकोमा चालु खर्च तर्फ हाल सम्म रु २२ करोड ५ लाख ९३ हजार ९ सय १४ रुपैयाँ १४ पैसा अर्थात ६५.११ प्रतिशत रकम खर्च भएको छ ।

त्यसैगरी पुँजीगत तर्फ रु १४ करोड ४६ लाख ९६ हजार ४ सय १४ रुपैयाँ ९३ पैसा अर्थात् ४६.०५ प्रतिशत रकम खर्च भएको हो । चालु र पुँजीगत गरी कूल रु ३६ करोड ५२ लाख ९० हजार ४ सय ४ रुपैयाँ ०८ पैसा अर्थात् ५५.९४ प्रतिशत वित्तीय प्रगती हासिल भएको बताइएको छ ।

कार्यक्रमा बोल्दै गोकुलगंगा गाउँपालिका अध्यक्ष काजी बहादुर खड्का (दिनेश)ले पालिकाको विकास र सम्वृद्धिका लागी विभिन्न योजनाहरु बनाएर काम भैरहेको बताए । पालिकामा शिक्षा,स्वास्थ्य,खानेपानी,सडक जस्ता विकासमा पूर्वाधारहरुको कामले गति लिएको समेत अध्यक्ष खड्काले बताए ।

गाउँपालिकाले आगामी दिनमा संचालन गर्ने समग्र विकास निर्माणकार्य एवं सेवा प्रवाहमा अझ बढी प्रभावकारीता र सुधार ल्याउन आम गाउँवासी नागरीकहरुबाट अमुल्य एवं रचनात्मक सल्लाह र सुझावको अपेक्षा गरिएको अध्यक्ष खड्काले बताए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी नागरीकहरुले प्रश्न,जिज्ञासा सहित सुझाव सल्लाह दिएका थिए । कार्यक्रममा सहभागी नागरीकहरुले शिक्षा,स्वास्थ्य,कृषि,सडक,पशुपालन,लगाएत गाउँपालिकासँग जोडिएका विभिन्न विषयवस्तुरुमा रहेर प्रश्न गरेका थिए । सहभागीहरुको प्रश्न,जिज्ञासा र गुनासाहरुको जवाफ गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतले दिएका थिए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

टोपबहादुर रायमाझीलाई लगियो अदालत,म्याद थपिदैँ

Next Post

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व सांसद शेर्पाले गरे आत्मसमर्पण

Next Post
शरणार्थी प्रकरणमा  पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व सांसद शेर्पाले गरे आत्मसमर्पण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.