Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही माग गर्दै नागरिक समाजको ध्यानाकर्षण

नारायण थापा by नारायण थापा
May 22, 2023
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही माग गर्दै नागरिक समाजको ध्यानाकर्षण
673
SHARES
5.3k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप। भुटानी शरणार्थी प्रकरणका दोषीलाई कडा कानुनी कारबाही गर्न माग गर्दै रामेछापको नागरिक समाजले जिल्ला प्रशासन कार्यालय मार्फत सरकार लाई ध्यानाकर्षण गराएको छ । रामेछाप नागरिक समाजले शरणार्थी प्रकरण लगायतका विभिन्न भ्रष्टाचारका घटनामा संलग्नलाई समेत कारबाही गर्न माग गरेको छ।

नक्कली भुटानी शरणार्थी बनाइ नेपाली नागरिकलाई तेस्रो मुलुकमा पठाउने कार्य लगायत स्थानीय तथा राष्ट्रिय स्तरमा चर्चामा आएका भ्रष्टाचार सम्बन्धी घटनामा सरकारका विभिन्न तहका केही उच्च पदस्थ व्यक्ति र उनका नातागोता समेत संलग्न भएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नागरिक स्तरका विभिन्न संघ संस्थाहरूको देवकोटा चोक वाट निस्किएको ¥याली सहित जिल्ला प्रशासन कार्यालय पुगेका नागरिक अगुवाले सहायक प्रमुख जिल्ला अधिकारी अनोज घिमिरे मार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

राज्य सञ्चालक नै मानव तस्करी तथा अन्य भ्रष्टाचारजन्य आपराधिक गतिविधिमा संलग्न हुनु राज्य व्यवस्था, शासन प्रणाली, राजनीतिक दलहरू र कानुनी शासनप्रति अविश्वास सिर्जना गर्ने, मुलुकको सार्वभौमसत्ता र नागरिकको आत्मसम्मानमा चोट पु¥याउने विषय भएको ध्यानाकर्षण पत्रका उल्लेख छ । यस्ता आपराधिक घटना कोही कसैबाट पनि नदोहोरिने सुनिश्चितता गर्न दोषीमाथि कडा कारबाही गरिनु पर्ने माग ध्यानाकर्षण पत्रमा गरिएको छ ।

आम नागरिकमा राज्य व्यवस्था, राज्यका अङ्ग तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था, तथा राजनीतिक दलप्रति विश्वास र भरोसा सिर्जना गर्नका लागि भ्रष्टाचार सम्बन्धी सम्पूर्ण घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न सरकारसँग माग गरिएको छ ।

ध्यानाकर्षण पत्रमा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे,गैरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष रत्न प्रसाद कँडेल, सामुदायिक वन उपभोक्ता महासंघ रामेछापका अध्यक्ष ज्ञानबहादुर खड्का, रामेछाप बारका अध्यक्ष पाण्डव प्रसाईँ, मानव अधिकार एलाइन्स रामेछापका अध्यक्ष थिर बहादुर थापा, इन्सेक जिल्ला प्रतिनिधि नवराज पथिक,प्रेस चौतारी रामेछापका अध्यक्ष नवराज श्रेष्ठ, प्रेस युनियन रामेछापका अध्यक्ष अप्रिल अधिकारी र प्रेस सेन्टर रामेछापका अध्यक्ष निरोज श्रेष्ठ लगाएतले हस्ताक्षर गरेका छन् ।

Author

  • नारायण थापा
    नारायण थापा

    View all posts
Previous Post

नेपाली काँग्रेस रामेछापले बृहद जिल्ला सम्मेलन गर्ने

Next Post

लक्ष्मी आयल स्टोर्सलाई २ लाख जरिवाना

Next Post
लक्ष्मी आयल स्टोर्सलाई २ लाख जरिवाना

लक्ष्मी आयल स्टोर्सलाई २ लाख जरिवाना

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.