Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पारदर्शिता र जवाफदेहिता सहितको सवाल जवाफ- माकादुममा सार्वजनिक सुनुवाई सम्पन्न

Kumar Shrestha by Kumar Shrestha
June 10, 2023
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
पारदर्शिता र जवाफदेहिता सहितको सवाल जवाफ- माकादुममा सार्वजनिक सुनुवाई सम्पन्न
273
SHARES
2.6k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । पारदर्शिता र जवाफदेहिता सहितको सवाल जवाफका लागि खाँडादेवी गाउँपालिका वडा नं. ६ माकादुमले सार्वजनिक सुनुवाई गरेको छ । आर्थिक वर्ष २०७९/०८० को सुरुदेखि बैशाख मसान्त सम्ममा सञ्चालन भएका वडा भित्रका विकास निर्माण र सेवा प्रवाहका बारेमा कार्यक्रममा सहभागिहरुले मुक्तकण्ठले प्रशंसा गरेका थिए । पालिकाले आफ्नो वडामा बजेट दिन आनाकानी किन गरेको भन्दै पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई नागरिकले प्रश्न राखेका थिए ।

चालु आर्थिक वर्षमा वडाका लागि विनियोजित कुल रकम ९९ लाख २७ हजार मध्य विकास निर्माण योजना अन्तर्गत ५४ लाख रकम ६ वटा मुल शिर्षक अन्तर्गत काम गरिएको वडा अध्यक्ष नारायण कार्कीले जानकारी दिए ।

खानेपानी ट्यांकी कुवा निर्माण तथा पाइप खरिद योजना उपभोक्ता समिति अन्तर्गत कुल विनियोजित रकम ३३ लाख ७७ हजारलाइ ३२ वटा योजनाहरुमा विभाजित गरी काम गरिएको उनले बताए । त्यसमध्य २७ वटा योजना सम्पन्न भइसकेको र बाँकी ५ वटा योजना चालु अवस्थामा रहेको बताए ।

गोरेटो बाटो चौतारा तथा प्रतिक्षालय निर्माण योजना उपभोक्ता समिति अन्तर्गत कुल विनियोजित रकम ८ लाख ३५ हजारलाई ८ वटा योजनाहरुमा विभाजित गरी ३ वटा योजना सम्पन्न भइसकेको र ५ वटा योजना चालु अवस्थामा रहेको अध्यक्ष कार्कीले बताए ।

मठ मन्दिर तथा गुम्बा घेराबार उपभोक्ता समिति अन्तर्गत कुल विनियोजित रकम ३ लाख ७५ हजारलाई ४ वटा योजनाहरुमा विभाजित गरी काम भएको जसमा ४ वटै योजना सम्पन्न भइसकेका कार्कीले जानकारी दिए ।

सिचाँइ ट्यांकी निर्माण तथा पाइप खरिद उपभोक्ता समिति अन्तर्गत कुल विनियोजित रकम ८ लाख १३ हजारलाई ५ वटा योजनाहरुमा विभाजित गरी कार्य गरेका छौ जसमा २ वटा योजना सम्पन्न भइसकेका छन् भने बाँकी ३ वटा योजना चालु अवस्थामा रहेको छ उनले भने ।

सडक मर्मत कोष उपभोक्ता समिति अन्तर्गत २७ लाख रकम विनियोजन गरिएकोमा गत मंसिरमा उपभोक्ता समिति गठन गरिएको भएता पनि सो योजना सञ्चालनका लागि पालिका अध्यक्षबाट रोक्का भएको उनले बताए ।

महाजनटोल भटौली धर्मशाला गोरेटो बाटो निर्माण अन्तरगत ३ लाख रकम विनियोजन गरिएकोमा गत मंसिरमा उपभोक्ता समिति गठन गरिएको तर पटक पटक ताकेता गर्दा समेत उपभोक्ता समिति सम्पर्कमा नआएको बताए ।

घरेलु तथा शिपमुलक कार्यक्रम सञ्चालन अन्तर्गत रु १ लाख २७ हजार रकम विनियोजन भएकोमा बासबाट बनाइने घरेलु सामाग्रीको तालिम गराइ कार्यसम्पन्न भइसकेको छ । स्वास्थ्य, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङगता तथा दलित लक्षित गरी जनचेतना तथा सम्मान कार्यक्रम अन्तरगत २ लाख ५० हजार रकम विनियोजन भएकोमा सबै रकम रकमान्तर गरी शिक्षा क्षेत्रमा उपचारात्मक कक्षा सञ्चालनका लागि १ लाख ५० हजार रकम माध्यमिक विद्यालयमा प्रदान गरिएको र कक्षा सञ्चालित अवस्थामा रहेको बताए ।

वडागत सार्वजनिक सुनुवाई कार्यक्रम, स्वास्थ्य स्वयसेविका सम्मान, उत्कृष्ठ शिक्षक सम्मान, वडास्तरीय वा ५ कक्षामा उत्कृष्ठ अंक ल्याइ उत्तिर्ण भएका ३ जना विद्यार्थीलाई सम्मान लागि १ लाख रकम छुट्याइएको वडाध्यक्ष कार्कीले बताए ।

कार्यक्रममा उठेका प्रश्न र जिज्ञासाको खाँडादेवी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण लामिछाने, वडाअध्यक्ष नारायण कार्की, वडा सचिव विना ओझाले सम्बोधन गरेका थिए । 

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख  चिना खड्का कार्कीले आफुलाई कुनै पनि समस्या परे सिधै जिल्ला समन्वयमा आएर भनेमा आफु सदैव नागरिकको साथमा रहने प्रतिवद्धता व्यक्त गरिन । साथै अहिलेसम्म वडाले जनताकै हितको लागि काम गर्दै आएको र आगामि दिनमा पनि जनताको आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न वडाअध्यक्षलाई आग्रह गरिन् ।

कार्यक्रमको अवसरमा वडा भित्रका उत्कृष्ट शिक्षक, कक्षा ५ बाट ६ कक्षामा जाँदा उत्कृष्ट अंक ल्याएर पास हुने ३ जना विद्यार्थी, साविकका ९ वटै वडाका स्वयम्सेविकाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम ६ नं. वडा कार्यालय माकादुमको आयोजना तथा प्रहार मिडियाले सहजीकरण गरेको थियो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

अस्ताईन पूर्व मन्त्री मिना पाण्डे

Next Post

सुकाजोरमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

Next Post
सुकाजोरमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

सुकाजोरमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...