Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सुकाजोरमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

Kumar Shrestha by Kumar Shrestha
June 10, 2023
in ब्यानर समाचार, समाचार
0
सुकाजोरमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
57
SHARES
70
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले चालु आर्थिक वर्ष २०७९÷८० को दोश्रो चौमासिक अबद्यिसम्म संचालन भएका विकास निर्माण र सेवा प्रवाहको अवस्था विषयक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । आज सम्पन्न उक्त कार्यक्रममा वडाले प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरुको बारेमा वडाका प्राविधिक भागवत कुमार श्रेष्ठले जानकारी गराए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा नागरीकहरुले विभिन्न प्रश्न,जिज्ञास र गुनासोहरु राखेका थिए । ध्रुब कुमार बस्नेत,दिल बहादुर रावत,होम बहादुर बस्नेत लगायत सहभागीहरुले सडक, खानेपानी, वडाबाट भएको मल वितरण, शिक्षा लगायत विभिन्न विषयवस्तुहरुमा रहेर प्रश्न गरेका थिए । सहभागीहरुको प्रश्नको जवाफ वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीले दिए ।

नागरीकहरुको प्रश्नको जवाफ दिदै उनले वडाबसीको आवश्यकता,चाहना र माग अनुसार नै आफुले काम गर्दैआएको बताए । वडाबाट प्रवाह भैरहेको हरेक कामहरुमा नागरीहरुले जति बेला र जुनसुकै समयमा पनि सुझाव दिन सक्ने उनले बताए ।

सम्वृद्ध सुकाजोर बनाउन  नागरीकहरुको साथ र सहयोग अपरिहार्य रहेको पनि उनले बताए । प्रहार मिडिया प्रालीले सहजीकरण गरेको कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने,प्रमुख प्रशासकिय अधिकृत निरज पौडेल लगायत विभिन्न राजनितीक दलका प्रमुख एवं प्रतिनिधी,पत्रकार सहित नागरीकहरुको सहभागीता रहेको थियो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

पारदर्शिता र जवाफदेहिता सहितको सवाल जवाफ- माकादुममा सार्वजनिक सुनुवाई सम्पन्न

Next Post

शुद्धिकरण अभियानलाई सफल पारेरै छाड्छौँ -अध्यक्ष बस्नेत

Next Post
शुद्धिकरण अभियानलाई सफल पारेरै छाड्छौँ -अध्यक्ष बस्नेत

शुद्धिकरण अभियानलाई सफल पारेरै छाड्छौँ -अध्यक्ष बस्नेत

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...