Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सभापति कान्छारामले राजनीतिमा हिलो छ्याप्न सुरु गर्नु भयो- सचिव खड्का

Kumar Shrestha by Kumar Shrestha
June 30, 2023
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
सभापति कान्छारामले राजनीतिमा हिलो छ्याप्न सुरु गर्नु भयो- सचिव खड्का
37
SHARES
969
VIEWS
Share on FacebookShare on Twitter

नेपाली काँग्रेस रामेछापका पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)ले राजनीतिमा हिलो छ्याप्न सुरु गरेको पार्टी सचिव तथा गिरिजा प्रसाद कोइराला फाउन्डेसन जिल्ला समिति रामेछापका जिल्ला अध्यक्ष  दीपक खड्काले बताएका छन् । गिरिजा प्रसाद कोइराला फाउन्डेसन जिल्ला समिति रामेछापले आयोजना गरेको असार १५,  दही चिउरा खाने कार्यक्रममा सचिव खड्काले उक्त कुरा बताएका हुन् ।

सचिव खड्काले भने- आज असार १५, दही चिउरा खाने दीन । आजको दीनलाई धान दिवसको अवसरका रूपमा मनाइन्छ । आजको दीन सानो गरामा धान रोपेर हिलो खेलेर भए पनि रोपाई सुरु गरिन्छ । तर नेपाली काँग्रेस रामेछापका पार्टी सभापतिले आजको दिनबाटै रामेछापको राजनीतिमा हिलो छ्याप्न सुरु गर्नु भयो ।उहाँ जत्तिको दिग्गज व्यक्तित्व भएको व्यक्तिले हिलो छ्याप्ने काम गर्नु सोभनिय हुँदैन । तसर्थ म आग्रह गर्छु उहाँलाई, राजनीतिमा हिलो छ्याप्ने काम बन्द गर्नुस् ।

त्यस्तै काँग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले यस।यस्तो  कार्यक्रम गिरिजाप्रसाद कोइराला फाउण्डेशनले खेतमै गएर मनाउन आग्रह गरे । कार्कीले भने- यो हाम्रो रीतिस्थिति हो। परम्परा हो । असारमा खेतीपाती नगरे वर्ष भरी के खाने ? तसर्थ किसानको मनोबललाई अझ दह्रो बनाउन यस्ता खाले कार्यक्रम किसान सँगै गएर सञ्चालन गर्नु उपयुक्त हुन्छ ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका पूर्व उपसभापति ध्रुवहरि ढुङ्गेलले भने – जति  कोइरालाहरू प्रधानमन्त्री बन्नु भयो, उहाँहरूले  एउटा आफू बस्ने घर समेत  बनाउनु  भएन । झनै  गिरिजाप्रसाद कोइराला त गरिब किसानका नेता हुन ।  आफू मर्दा सम्पत्ति शून्य भएका गिरिजाप्रसाद कोइराला बाट राजनीतिक गर्नेहरू पाठ सिक्न जरुरी छ ।

जिपि फाउन्डेसन रामेछापले आयोजना गरेको कार्यक्रममा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू,नागरिक समाजका अगुवाहरू,  पत्रकारहरू साथै सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

सुनापतिको आगामी वर्षको बजेट ५४ करोड ७८ लाख

Next Post

भैसेस्वर खानेपानीले गर्यो आफ्नो भवन उद्घाटन

Next Post
भैसेस्वर खानेपानीले गर्यो आफ्नो भवन उद्घाटन

भैसेस्वर खानेपानीले गर्यो आफ्नो भवन उद्घाटन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...