Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सिटिजन बैङ्क माथि सुनापती गाउँपालिकाले लियो एक्सन

Kumar Shrestha by Kumar Shrestha
July 11, 2023
in जनता स्पेसल, ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
सिटिजन बैङ्क माथि सुनापती गाउँपालिकाले लियो  एक्सन
27
SHARES
500
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । नेपाल राष्ट्र बैङ्कको आदेशलाई अवज्ञा गरी सिटिजन  बैङ्कको सुनापती शाखाले तोकिएको समय सम्म सेवा नदिएको भन्दै सुनापती गाउँपालिकाले एक्सन लिएको छ । सुनापती गाउँपालिकामा रहेको सिटिजन बैङ्कको शाखाले असार २३ गते बैङ्क नै बन्द गरेर राखे पछि सेवाग्राहीलाई मर्का परेको सुनापती गाउँपालिकाले जनाएको छ ।

नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयको अनुरोध बमोजिम राजस्व सङ्कलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर (EFT) को Fund Settlement गर्ने प्रयोजनका लागि मिति २०८०/०३/२४ गते र मिति २०८०/०३/२३ र ३० गते विदाका दिन समेत राति ८ बजेसम्म तथा मिति २०८०/०३/३१ गते बेलुका ७ बजेसम्म राजस्व कारोबार गर्ने सम्पूर्ण बैङ्कहरू, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर (EFT) को Fund Settlement गर्ने अन्य बैङ्क तथा वित्तीय संस्थाहरू साथै नेपाल क्लियरिङ हाउस खुला राखी राजस्व बुझ्ने व्यवस्था गर्नु गराउनुहुन भनी नेपाल राष्ट्र बैङ्कले असार २२ गते नै पत्र जारी गरेको थियो । तर यो पत्रको अवज्ञा गर्दै सिटिजन बैङ्क सुनापती शाखाले २३ गते शनिवारको दिन कार्यालय नै खोलेन । बैङ्कले २४ गते आइतबार सधैँ जस्तै समयमा कार्यालय खोल्यो र सधैँ जस्तै दिउँसो तीन बजे नै बन्द गरिदियो ।

नेपाल राष्ट्र बैकले जारी गरेको पत्रको अवज्ञा गर्दै सिटिजन बैङ्क सुनापती शाखाले बैक बन्द राखेपछि सुनापती गाउँपालिकाले स्पष्ट कारण पठाउनु भनी पत्र पठाएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सुवेदीले बताए । उनले भने- नेपाल राष्ट्र बैकले जारी गरेको पत्रको अवज्ञा गरी सिटिजन बैङ्क सुनापती शाखाले आफ्नो मर्जीले कार्यालय बन्द राखेर सेवाग्राहीलाई सेवा लिनबाट वञ्चित बनायो । यसको स्पष्ट कारण सहितको जवाफ बैङ्कले पालिकालाई दिन पर्छ ।

पालिकाले बैङ्क खुल्छ, कारोबार हुन्छ भनेर पालिकाले जानकारी गरायो तर बैङ्क २३ गते शनिवारको दिन खुल्दै खुलेन ।- एक सेवाग्राहीले गुनासो समेत पोखे ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

रामेछाप नगर उद्योग वाणिज्य संघमा नयाँ कार्य समिति सर्वसम्मत चयन

Next Post

मातृभुमी नेपाल को सहयोगमा माकादुममा ५ हजार कागतीको विरुवा वितरण

Next Post
मातृभुमी नेपाल को सहयोगमा माकादुममा ५ हजार कागतीको विरुवा वितरण

मातृभुमी नेपाल को सहयोगमा माकादुममा ५ हजार कागतीको विरुवा वितरण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.