रामेछाप- मन्थली नगरपालिकाको गौरवको आयोजना तीनलाल पार्क निर्माण सम्पन्न भएको छ । पार्क ७ करोडको लागमा बनेको हो ।
मन्थली नगरपालिका–१ हाटेचौरमा बनेको पार्कमा अत्याधुनिक सुविधा सम्पन्न, स्विमिङ पुल, २ तले प्रशासनिक भवन, ४०८ जना क्षमताको सभा भवन, महिला पुरुष र बच्चासहितको ३ वटा पौडी पोखरी (स्विमिङ पुल), ७५ देखि १०० जना क्षमताको चेन्जिङ्ग रुम, स्नान कक्ष, चमेना गृह (क्याफटरिया भवन), टिकट घर तथा शौचालय सहितका संरचना रहेका छन ।







