रामेछाप । नेपाल माझी विद्यार्थी सङ्घ रामेछापले ३७ जना माझी विद्यार्थीलाई सम्मान गरेको छ । शनिवार मन्थली नगर पालिकाको सभा हलमा औपचारिक कार्यक्रमका बिच जिल्ला भरिका २०७९ सालको एसइई परीक्षामा उत्तीर्ण भएका माझी विद्यार्थिहरुलाई सङ्घले सम्मान गरेको हो ।
सङ्घले शनिवार माझी विद्यार्थी सङ्घका जिल्ला अध्यक्ष सुरेश माझीको अध्यक्षता तथा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्ययतामा आफ्ना उर्तिर्ण विद्यार्थिहरुलाई सम्मान गरेको थियो ।
विद्यार्थीहरूलाई सम्मान गर्दे मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले सम्मानित सबै जनालाई उच्च शिक्षामा पनि उत्कृष्ट नम्बर ल्याउने गरी अध्ययन गर्नका लागि पनि सुझाव दिए । उनले नगरपालिकाले बालबालीकाको लागि मात्र नभएर माझीहरूको उत्थानका लागि पनि नगरपालिका सकारात्मक सहयोग गर्ने बताए।
उत्साहजनक रूपमा सहभागी भएका विद्यार्थी हरूले गीत नृत्य लगायत विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेको नेपाल माझी उत्थान सङ्घ रामेछाप– काठमाडौँ सम्पर्क समाजका अध्यक्ष बालकृष्ण माझीले जानकारी दिए ।
कार्यक्रममा नेपाल माझी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष धनबहादुर माझी, नेपाल माझी उत्थान सङ्घका केन्द्रीय सचिव गोपाल माझी लगायतका माझी अगुवाहरूको समेत सम्मान जनक रूपमा उपस्थित जनाएर सम्मानित विद्यार्थिहरुको हौसला बढाएका थिए ।