Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नियमित उडान गर्ने निर्णय कागजमा सीमित

Kumar Shrestha by Kumar Shrestha
August 6, 2023
in ब्यानर समाचार, समाचार
0
नियमित उडान गर्ने निर्णय कागजमा सीमित
31
SHARES
379
VIEWS
Share on FacebookShare on Twitter

जिल्ला सदरमुकाम मन्थली बाट काठमाण्डौं जहाज उडान गर्ने सहमति भएको भए पनि कागजमा सीमित बनेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मन्थली विमानस्थलबाट काठमाडौँका लागि नियमित उडान गर्ने निर्णय गरे पनि सो निर्णय कागजमा सीमित भएको छ ।
रामेछापका प्रमुख जिल्ला अधिकारी लगायत जनप्रतिनिधि सहित सर्व पक्षीय बैठक बसेर जेष्ठको तेस्रो हप्ता देखि साप्ताहिक रूपमा नियमित उडान गर्ने निर्णय गरेको भए पनि त्यसको दुई महिना वितिसक्दा सम्म उडान हुन सकेको छैन ।
लामो समय देखि मन्थली–काठमाडौँ जहाज सञ्चालनका लागि स्थानीय स्तरबाट माग हुँदै आएको भए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले त्यसको ब्यवास्ता गर्दै आएको छ ।
प्रतिनिधि सभा सदस्य पूर्ण बहादुर तामाङ र मन्थली नगर प्रमुख लव श्रेष्ठ लगायतका जन प्रतिनिधिहरू समेतले बारम्बार उडानको लागी माग गर्दै आएको बताए । प्रतिनिधि सभा सदस्य तामाङले भने– हामीले धेरै पटक आग्रह गरी सकेका छौँ । हामी सँग हुन्छ भन्नुहुन्छ । तर कार्यान्वयन भने गर्नु हुन्न । यस विषयले हामी गम्भीर भएर सोच्न पर्ने भएका छौँ । त्यस्तै मन्थली नगरपालिका प्रमुखले पनि आफूहरूले गरेको अनुरोध सुने नसुनेको गरेको बताए ।
उक्त अभियानका लागि नागरिक उड्डयन प्राधिकरण उड्डयन सेवा निर्देशनालयका उपमहा निर्देशक प्रेमनाथ ठाकुरको संयोजकत्वमा गत जेठ ३ गते बसेको बैठकले निजी क्षेत्रका तारा, सीता र समिट एयरले हप्तामा कम्तीमा एउटा उडान गर्ने गरी उडान तालिका बनाएर प्राधिकरणमा पेस गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार उडानका लागि तारा, सीता र समिट एयरले तालिका पेस गरेको र जुन १८ तारिखदेखि उडान भर्ने गरी तालिका अनुमोदन भए पनि एयरलाइन्स कम्पनीहरूले उडान तालिका अनुसार उडान नगरेको रामेछाप नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
कार्य तालिका सहित उडानका लागि एकतर्फी ३ हजार ५०० भाडा दर निर्धारण गरी जुन १८ तारिखदेखि उडान गर्ने गरी तालिका अनुमोदन गरी कार्यान्वयनमा ल्याउने सहमति पनि भएको थियो । तर अहिलेसम्म उडान हुन नसक्नु अत्यन्त दुःखद कुरा हो । यसरी निर्णय कार्यान्वयन हुन नसक्नु भनेको नागरिक उड्डयन प्राधिकरणको कमजोरी भएको स्थानीयको भनाई छ ।
रामेछाप विमानस्थल प्रयोग गरी सोलुखुम्बुको लुकलाका लागि यात्रु ओसारपसार गर्दै आएका तीन वटा वायु सेवा कम्पनीलाई काठमाडौँका लागि समेत यात्रुवाहक उडानका लागि रामेछापवासीले आग्रह गर्दै आएको पनि लामो समय बिती सकेको छ । सिजनमा सोलुका लागि रामेछापबाट दैनिक करिब ६० उडान हुने गरेको भए पनि मन्थली काठमाडौँका लागि कुनै उडान नहुँदा रामेछापवासी कठिन सँग सडक यात्रा गर्न बाध्य छन् । त्यसको सबैभन्दा बढी असर सुत्केरी,इमरजेन्सी बिरामी र ज्येष्ठ नागरिकहरूलाई पर्ने गरेको छ । विमान कम्पनीले मन्थली लुकलाका लागि दैनिक ६० भन्दा बढी उडान हुँदा काठमाडौँका लागि एउटा उडान पनि नराख्दा वायुसेवा कम्पनीसँग जिल्लावासी रुष्ट बनेका छन् ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

रामेछापका ३७ माझी विद्यार्थी सम्मानित

Next Post

२४ औं फोनिज स्थापना दिवस १२ बुँदे घोषणा गर्दै चौतारामा सम्पन्न

Next Post
२४ औं फोनिज स्थापना दिवस १२ बुँदे घोषणा गर्दै चौतारामा सम्पन्न

२४ औं फोनिज स्थापना दिवस १२ बुँदे घोषणा गर्दै चौतारामा सम्पन्न

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.