Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

२४ औं फोनिज स्थापना दिवस १२ बुँदे घोषणा गर्दै चौतारामा सम्पन्न

Kumar Shrestha by Kumar Shrestha
August 12, 2023
in ब्यानर समाचार, समाचार
0
२४ औं फोनिज स्थापना दिवस १२ बुँदे घोषणा गर्दै चौतारामा सम्पन्न
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुपाल्चोक । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशले २४ औं फोनिज स्थापना दिवस १२ बुँदे चौतारा घोष्णपत्र जारी गर्दै सम्पन्न गरेको छ । शुक्रबार सिन्धुपाल्चोक जिल्लाको चौतारामा सम्पन्न (फोनिज) बागमती प्रदेश(नेवा–ताम्सालिङ) समितिको आयोजना र फोनिज सिन्धुपाल्चोकको व्यवस्थापनमा २९ औं विश्व आदिबासी दिवस तथा फोनिजको २४ औं स्थापना दिवसको अवसरमा नेपालको आदिबासी जनजाति आन्दोलन र फोनिजको भुमिका विषय अन्तक्रिया कार्यक्रम गरी भव्यताका साथ मनाइएको हो ।
सिन्धुपाल्चोक जिल्ला समन्वय समिति प्रमुख बालकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठले गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी श्रेष्ठले नेपालमा भएका सामाजिक, राजनीतिक परिवर्तनको उतारचढाबमा आदिवासी जनजातिहरुले अतुलनिय योगदान रहेको औंल्याएका छन् । उनले जनजातिहरुले सदियौं वर्षदेखि आफ्नो अस्तित्व रक्षा, आफ्नो भाषा संस्कृति, परम्परा जोगाउनको निम्ति संगठित रुपमा होस् वा असंठनिक रुपमा आदिवासी जनजातीहरुको त्याग तपस्या, बलिदानले नै समानुपातिक, समावेसी तथा धर्मनिरपेक्ष संघिय लोकतान्त्रीक गणतन्त्र राज्य संरचना स्थापित भएको जनाएका छन् ।
कार्यक्रममा उनले भने “आयातित भाषा धर्म, संस्कृतिको प्रभावका कारण ओझेलमा पर्दै गएको जनजातिहरुको आफ्नो पहिचानसहितको राज्य संरचनाको निम्ति एक जुट भई आफ्नो भाषा, धर्म संस्कृति, परम्परा र अस्तित्वको संघर्षमा निरन्तर लागिरहनु पर्ने देखेको छु ।”
कार्यक्रममा विशेष अतिथिको रुपमा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटा,
प्रदेश सल्लाहकारः जीवन लामा, सुरेन्द्र भक्त दुलाल, प्रेस युनियन बागमती प्रदेशका प्रतिनिधि प्रेस चौतारी बागमती प्रदेश अध्यक्षः शरद सापकोटा, प्रेस सेन्टर नेपाल बागमती प्रदेश प्रतिनिधि, समाजबादी प्रेस संगठन केन्द्रिय उपाध्यक्ष एवं प्रदेश अध्यक्षः ध्रुव रायमाझी, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका सचिव बिदुर आचार्य, नेपाल आदिवासी जनजाती महासंघ सिन्धुपाल्चोक समन्वय समिति उपाध्यक्ष हरी प्रसाद श्रेष्ठ, प्रेस चौतारी प्रदेश कमिटी सदस्यः सुनिता रखाल मगर, प्रेस युनियन सिन्धुपाल्चोक जिल्ला उपाध्यक्ष निरोज चौलगाई, प्रेस सेन्टर सिन्धुपाल्चोक जिल्ला अध्यक्ष मणिसुन्दर कोइराला, नेवा पत्रकार दवु जिल्ला अध्यक्षः रविन्द्र श्रेष्ठ, सिन्धु नेवा खल अध्यक्ष माधव लाल कर्मचार्य, घले समाज सिन्धुपाल्चोक जिल्ला अध्यक्षः राम बहादुर घले, नेवा मिसा दवु सिन्धुपाल्चोक अध्यक्ष÷बागमती प्रदेश सचिवः सिता कसजु, राष्टिय आदिवासी जनजाती महिला महासंघका प्रतिनिधि रिना श्रेष्ठ, नेपाल तामाङ घेदुङ संघ चौ.साँ. नगर कमिटी सिन्धुपाल्चोकका अध्यक्ष मिलन तामाङ लगाएतका सहभागी रहेका थिए ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले स्थापना दिवसको अवसरमा सुभकामना दिँदै तथा मन्तव्य राखेका थिए ।
यसैगरी फोनिज स्थापना दिवसको अवसरमा सिन्धुपाल्चोक जिल्लामा रही लामो समयसम्म पत्रकारीता पेशा गरिरहेका अग्रज जनजाति पत्रकार ङेम्लिङ लामा सम्मानित भएका छन् । लामाले सम्मान पत्रका साथै नगद रु. पाँच हजार सम्मान स्वरुप प्रप्त गरेका छन् । भने कार्यक्रममा विभिन्न जिल्लामा उपस्थित अतिथिहरुलाई सिन्धुपाल्चोक जिल्ला अध्यक्ष लालकाजी तामाङले मायाँको चिनो प्रदान गरेका थिए ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेश (नेवाः ताम्सालिङ) को श्रावण २५ र २६ गते सम्पन्न पूर्ण बैठकले जारी गरेको
सिन्धुपाल्चोक चौतारा घोषणा–पत्र २०८०

१) चौतारा साँगाचोकगढी नगरपालिका क्षेत्रसहित गौराती भिमसेन मन्दिर, बुद्धपार्क, भूतछाँगा, भदौरे गणेश, हर्लाङ बर्लाङ देवीथान, कृष्ण मन्दिर, ओखरेनी आदि संरक्षण गरि पर्यटन प्रवद्र्धन गर्न स्थानीय सरकारलाई यो भेला जोडदार माग गर्दछ ।

२) चौतारा साँगाचोकगढी नगरपालिका क्षेत्रभित्र रहेको भगवती सामुदायिक बन लगायत ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदा संरक्षण संवद्र्धनको लागि पनि यो भलो स्थानिय नगरपालिका र स्थानिय सरकारसंग माग गर्दछ ।

३) सिन्धुपाल्चोक जिल्लामा बसोवास गर्दै आइरहेका आदिवासी जनजातिको कला, संस्कृति प्रचारप्रसार र प्रवद्र्धनमा विशेष ध्यान दिन तीनै तहका सरकारसंग जोडदार माग गर्दछ ।

४) चौतारा साँगाचोकगढी नगरपालिकामा अधिकांश आदिवासी जनजाती बसोवास र बाहुल्यता रहेको हुँदा सो क्षेत्रको विकासको लागि स्थानिय सरकारले बजेट विनियोजन गर्दा प्राथमिकता दिन जोडदार माग गर्दछ ।

५) आदिवासी जनजाति कुलमा जन्मिएर पत्रकारिता पेशा अंगालेका पत्रकारलाई पहिचान गरी उनीहरुको बृत्तिविकास र समावेशितालाई कार्यान्वयन गर्न यो भेला तीनै तहका सरकारसंग जोडदार माग गर्दछ ।

६) राज्यबाट प्राप्त हुने विज्ञापन समानुपातिक रुपमा स्थानीयदेखि संघ तहसम्मका ठूला तथा साना लगानीका संचार माध्यमलाई समेत प्रदान गर्न माग गर्दछ ।
७) पूर्ण समावेसी सञ्चार व्यवसायिक पत्रकार र प्रेस स्वतन्त्रताको पक्षमा यो भेला निरन्तर खबरदारी गर्दछ ।

८) बिराटनगरमा श्रावण २७ र २८ गते सम्पन्न हुन गइरहेको नेपाल आदिवासी जनजाती महासंघ (फोनिज)को स्थापना दिवस भव्य र सभ्य रुपमा सफल बनाउन फोनिज बागमती प्रदेश लागि पर्ने निर्णय गर्दछ ।

९) प्रदेश नंं १ लाई पहिचानको आधारमा नामांकरण गर्न यो भेला संघीय र प्रादेशिक सरकारसंग जोडदार माग गर्दछ ।

१०) नेपाल पत्रकार महासंघले पत्रकारहरुको सदस्यता बिषयमा शुद्धिकरण गर्ने अभियान संचालन गरिरहँदा आदिवासी जनजाति भएकै कारण पत्रकारिता गरिरहेका पत्रकारहरुलाई विभेद नगरियोस् भनि यो भेला जोडदार माग गर्दछ ।

११) आदिवासी जनजातिको मौलिक संस्कृतिमाथि धावा बोल्ने तरिकावाट अभिवक्ता भगवती पाण्डे (शितल)ले दिनुभएको अभिब्यक्ति प्रति पनि यो भेला घोर भत्सना गर्दछ । साथै उहाँको अभिब्यक्ति प्रति कानूनी कारवाहीको लागि गरिएको शान्तिपूर्ण प्रदर्शनमा पत्रकारवर्ग र प्रदर्शनकारीलाई गरिएको प्रहरी दमकको पनि यो भेला भत्सना गर्दछ ।

१२) यो भेला सम्पन्न गर्न समन्वय गर्ने फेनिज सिन्धुपाल्चोक जिल्ला शाखा र सहकार्य गर्ने चौतारा साँगाचोकगढी नगरपालिका, न्यू अरनिको रिसोर्ट लगायत सम्पूर्ण सहयोगीहरुलाई यो भेला विशेष धन्यवाद व्यक्त गर्दछ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

नियमित उडान गर्ने निर्णय कागजमा सीमित

Next Post

रामेछापका दुई पत्रकार सम्मानित

Next Post
रामेछापका दुई पत्रकार सम्मानित

रामेछापका दुई पत्रकार सम्मानित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.