Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

म अन्यायमा परेँ- उपाध्यक्ष माझी

जनता भ्वाइस by जनता भ्वाइस
August 21, 2023
in जनता स्पेसल, ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
म अन्यायमा परेँ- उपाध्यक्ष माझी
7
SHARES
161
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुली । मरिण गाउँपालिका, सिन्धुली उपाध्यक्ष विमला कुमारी माझीले सोमबार सिन्धुलीमाडीमा पत्रकार सम्मेलन गरेर आफू अन्यायमा परेको बताउनु भएको छ । गाउँपालिकाको नागरिकप्रति जवाफदेहिता, समग्र आर्थिक पार्दर्शीता र गुणस्तरीयताका लागि प्रश्न गर्दा आफूमाथि दुव्र्यवहार भएको बताउनु भएको हो ।

शुक्रबार साँझ ६ः३० को समयमा जनप्रतिनिधि र विषयगत शाखा प्रमुखहरुविच भएको छलफलका क्रममा उपाध्यक्ष माझीले सूचना तथा सञ्चारका क्षेत्रमा खर्च भएको २८ लाख रुपैयाँको बिल तथा भरपाई, आर्थिक प्रगती प्रतिवेदन, टेण्डर सम्झौता, सार्वजनीक खरिद सम्बन्धि कार्यविधि, प्रक्रिया तथा निर्णयहरुको कार्यान्वयन अवस्थाका बारेमा बुझ्न प्रमाणित गर्ने आवश्यक कागजातसहितको सूचना माग गर्नुभएको थियो ।

प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर दर्जीले सबै कागजातहरु उपाध्यक्षलाई हेर्ने अधिकार नभएको भन्दै आफूलाई चोट पुग्ने शब्दहरुको प्रयोग गरि झर्किलो जवाफ दिएका उहाँले बताउनुभयो । गाउँपालिका अध्यक्ष विर्मश मोक्तान (प्रख्यात) ले समेत प्रमुख प्रशासकिय अधिकृत दर्जीसँग मात्रै सहकार्य गर्ने र उक्त कुरामा समन्वय र सहजिकरण नगरिदिएकोमा गुनासो समेत गर्नुभयो ।

गाउँपालिका उपाध्यक्ष माझीले भन्नुभयो, ‘स्थानीय तहको निर्वाचनबाट उपाध्यक्षमा निर्वाचित भई आफ्नो काम, कर्तव्य र अधिकारअनुसार जिम्मेबारी निर्वाह गदँै आउँदा वितेको एक वर्षमा भएका सामान्य विवाद र असमझदारीलाई आफैभित्र दबाएर सबै तिर राम्रो सन्देश दिने कोशिस गरिरहे । यसले आफू झनै हेपिदै गएको तथा सहकार्यात्मक नेतृत्व र समन्वय गरेर काम गर्न समस्या थपिएकाले यी कुराहरु सार्वजनीक गर्न आवश्यक ठाने ।’

प्रशासनबाट कतिपय अवस्थामा भुक्तानी दिइने बेलामा आफुले हस्ताक्षर गरिदिनु पर्ने तर ती क्रियाकलाप गरिनु अगाडी आफूलाई कुनै पनि कुरा जानकारी नदिनुले आफ्ना मतदाताले सोधेको प्रश्नको जवाफ दिन नसकेको भन्दै दुख व्यक्त समेत गर्नुभयो । पालिकाको प्रशासनीक खर्च, गतिविधिका बारेमा आफू बेखबर हुने गरेको उहाँले सुनाउनुभयो ।

गाउँपालिका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) ले मरिणले पालिकाबासि प्रति उत्तरदायी भएर सबै काम पार्दर्शी रुपमा गरेको जिकिर गर्नुभयो । उपाध्यक्षलाई आफ्नो तर्फबाट हुने साथ, सहयोग र समन्वयमा कन्जुस्याई नगरेको बताउनुभयो ।

‘उपाध्यक्ष ज्यूलाई उहाँको पदीय अधिकारअनुसार काम गर्दा अफ्ट्यारो आइपरे असहयोग गर्दिन, सहयोग नै गरिराखेको छु । निर्वाचित भएपछि उहाँले काम पनि राम्रोसँग गरिराख्नु भएको छ । मैले प्रसंशा समेत गर्ने गरेको छु,’ अध्यक्ष मोक्तानले भन्नुभयो, ‘मन मिल्नु पर्ने कुरा मुख्य हो । उहाँलाई कहाँ मन मिलेको छैन ।’

प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर दर्जीले भदौ १ गते जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा बसेको बैठकमा उपाध्यक्ष माझीले बिल, भरपाई भएर भुक्तानी भइसकेका कागजातहरु आफूले हेर्न पाउनु पर्ने विषय उठान गर्नुभएको स्विकार्नुभयो । तर, आफूले अपशब्द नबोलेको अडान लिनुभयो ।
‘उपाध्यक्ष ज्यूले माग्नुभएको कतिपय सूचना तथा जानकारी गाउँपालिकाले आफ्नो छुट्टै कानून, कार्यविधि बनाएर मात्रै दिनसक्छ । केही विषयगत शाखाहरुबाट लिनुस भनेको हुँ, उहाँलाई अपशब्द केही बोलेको छैन । बैठकमा उपस्थित वडाध्यक्ष तथा कर्मचारीहरुलाई पनि सोध्नुहोस्,’ उहाँले भन्नुभयो ।

आफूले गाउँपालिकाकै हितमा काम गरिरहँदा आएका यस्ता विवादित विषयवस्तुले आफू हत्तोसाहित भएको उहाँले बताउनुभयो । नेपाली काँग्रेस मरिण गाउँपालिका कार्य समितिले आइतबार बेलुका प्रेस विज्ञप्ति निकालेपछि सामाजिक सञ्जालमा आएका टिकाटिप्णीले आफ्नो चरित्रहत्या भइरहेको भन्दै आपत्ति समेत उहाँले जनाउँनुभयो ।

मरिण काँग्रेस सभापति रामबहादुर वाइवा र सचिव चन्द्र कुमार स्याङ्तानद्धारा हस्ताक्षरित विज्ञप्तिमा प्रमुख प्रशासकिय अधिकृत ओमबहादुर दर्जीले अपशब्द प्रयोग गरि कार्यालयका सबै कागजातहरु हेर्ने अधिकार छैन भन्दै गैर जिम्मेवारी पूर्ण जवाफ दिदैँ कानूनी राज्यको खिल्ली उडाएको कुराले सबै सरोकारवालाहरुलाई ध्यानाकर्षण गराएको बताएको छ । भनिएको छ, ‘निर्वाचित उपाध्यक्षलाई अपशब्द प्रयोग गर्ने, नागरिकको अधिकारलाई कुण्ठित गर्ने कर्मचारीलाई आवश्यक कार्वाहीको माग गर्दछौँ ।’

नेपाली काँग्रेस जिल्ला कार्य समिति, सिन्धुलीका सभापति उपेन्द्र कुमार पाखेरेलले अनुगन तथा सुपरिवेक्षण, बजेट योजना तर्जुमा तथा मुुल्य निर्धारण समिति र अन्यायमा परेका नागरिकलाई न्याय दिने न्यायिक समितिको संयोजक नै उपाध्यक्ष हुने भएकाले उहाँलाई आफ्नो पालिकाको आर्थिक पार्दर्शिता हेर्न पाउनु हुन्न भनेर नेपाल सरकारको प्रमुख प्रशासकिय अधिकृतले सूचनाको हकलाई नै बन्देज गरिनु र अपशब्द बोल्नु खेदजनक र स्थानीय सरकार सञ्चालन ऐन विपरित कार्य भएको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘यस्तो कार्यको काँग्रेस घोर भत्र्सना गर्दछ । आफूले बोलेको अपशब्दको क्षमायाचना गर्नु हुन्न भने कानूनी उपचार खोज्ने छौँ । स्वतन्त्र निकायले छानविन गरोस् । यस्ता गलत कार्य बन्द होस ।’
गाउँपालिका उपाध्यक्ष माझी नेपाली काँग्रेसबाट निर्वाचित उपाध्यक्ष हुनुहुन्छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रामेछापका दुई पत्रकार सम्मानित

Next Post

Mostbet Site İncelemesi, Mostbet Güncel Giriş Adres Şimdi Keşfet

Next Post

Mostbet Site İncelemesi, Mostbet Güncel Giriş Adres Şimdi Keşfet

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.