सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका वडा नं. २ को आधा दर्जनभन्दा बढी गाउँमा बिजुली बत्ति पुगेको छ । स्थानीय नागरिक, वडा कार्यालय र गाउँपालिकाको विशेष पहलमा बिजुली बत्ति पुगेको हो । वर्षौैैदेखि बिजुली बत्ति नपुगेको वडा नं. २ को सिन्दुरेदोभान, बर्खे, जल्केनी, पाङ्ग्रे डाँडा, रातमाटा, ढाँडपाखा, सिजाली डाँडा, कटुन डाँडा, हात्तिगौँडालगायतका ठाउँका २ सय ९० घरधुरीमा बिजुली बत्ति पुगेको वडा २ का वडा अध्यक्ष कमल बहादुर आलेमगरले जानकारी दिनुभयो । वर्षौदेखि ठेकेदार कम्पनीको लापरवाहीले बिजुली बत्ति विस्तारमा ढिलाइ भएको थियो । वडा कार्यालय, गाउँपालिकाको समन्वयमा स्थानिय नागरिक आफैले झन्डै दुई महिना जनश्रमदान गरेर गाउँमा बिजुली बत्ति पु¥याइएको हो । अहिलेसम्म ९२ थान मिटर आइसकेको र ल्याउन बाँकी घरधुरीले वडा कार्यालयबाट सिफारिस बनाएर लगि रहेका छन् ।