Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

शैलुङमा ‘वाइल्ड स्टे विथ चौंरी’

जनता भ्वाइस by जनता भ्वाइस
September 29, 2023
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
शैलुङमा ‘वाइल्ड स्टे विथ चौंरी’
103
SHARES
683
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप। रामेछाप– दोलखा जिल्लाको रमणीय पर्यटकीय स्थलको रूपमा परिचित शैलुङ । शैलुङ डाँडा प्रकृतिले सुन्दर स्थलको रूपमा मात्र नभएर धार्मिक स्थलको रूपमा पनि परिचित छ । जहाँ जनैपूर्णिको दुई दिन अघि भव्य मेला लाग्ने गर्दछ । साथै, बाला चतुर्दशी, वर्षे मेला जस्ता चाडमा धेरै दर्शनार्थीहरूको भीड लाग्ने गर्दछ । शैलुङडाँडा १०० वटा अग्ला र होचा हेर्न लायक मनमोहक सुन्दर थुम्काथुम्की डाँडाहरूले जोडिएर बनेको छ ।
शैलुङमा हिजो बिहीबार देखी ‘वाइल्ड स्टे विथ चौंरी’ कार्यक्रम सुरु भएको छ । दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङमा ‘स्पार्क एड्भेन्चर २०२३’ले ‘वाइल्ड स्टे विथ चौंरी’ कार्यक्रमको आयोजना गरेको हो । पर्यटन प्रवर्द्धनको लागि सो कार्यक्रम गरिएको आयोजकले बताएको छ ।
हिजो बिहान धुलिखेलको मिराबेल रिसोर्टमा पञ्चेबाजा सहित एड्भेञ्चरको उद्घाटन गरिएको थियो । उद्घाटनपछि २०० भन्दा बढीको टोलीले शैलुङको यात्रा सुरु गरेका हुन् । सो कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरू सहभागी हुने आयोजकले बताएको छ ।
विश्व पर्यटन दिवसको अवसरमा क्यानडा, फ्रान्स र स्वीजरल्याण्ड लगायतका देशबाट २२ जनाको टोली शैलुङ क्षेत्रमा पुगेका छन् । पालिका अध्यक्ष रिमलबाबु श्रेष्ठ र उपाध्यक्ष पार्वती कार्की थापा लगायतले टोलीलाई पालिकामा स्वागत गरेका थिए । उनीहरू हिजो, आज र भोली सम्म शैलुङमा हुने कार्यक्रममा सहभागी हुनेछन् । प्रचुर पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको शैलुङ प्रवर्द्धनका लागि कलाकारहरू पनि जुट्ने भएका छन् ।
भोलीसम्म जारी रहने कार्यक्रममा कलाकारहरू निखिल उप्रेती, विजय लामा, प्रेमराजा महत, गरिमा शर्मा, यशकुमार, सन्दीप क्षेत्री, लेखक बुद्धि सागर लगायत आउनेछन् । शनिवार सम्म हुने कार्यक्रममा प्रशासनिक एवं सुरक्षा निकायका प्रतिनिधि पनि सहभागी हुने कार्यक्रम संयोजक अमरदीप भट्टराईले जानकारी दिए ।
आज शुक्रवार चौँरी गोठ र सैलुङलाई ‘एक्सप्लोर’ गर्ने आयोजकको तयारी छ । आन्तरिक पर्यटनको खोजी गर्ने, चौँरीसँग जङ्गलमा रात बिताउने, स्थानीय संस्कृति, स्वादिष्ट खाना र नयाँ रमणीय ग्रामीण गन्तव्य पत्ता लगाउने इच्छा भएका सहभागीले कार्यक्रममा भाग लिनेछन् ।
साहसिक पर्यटनको क्षेत्रमा समेत काम गर्दै आइरहेको स्पार्क कारले पर्यटकका लागि यातायातको व्यवस्थापन गर्ने कार्य गर्दै आइरहेको छ । गत वर्ष लमजुङको भुजुङमा भीर मौरीको सिकार गरेर सुरु भएको एड्भेन्चरको दोस्रो संस्करण शैलुङ र शैलुङ क्षेत्रमा पाइने चौँरी गोठलाई केन्द्रित गर्दै आयोजना गर्न लागिएको हो । यो कार्यक्रमको मुख्य उद्देश्य पर्यटन प्रवर्द्धन गर्ने रहेको आयोजकले जनाएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

गाउँमा बिजुली बत्ति पुगेपछि मरिण रातमाटाका स्थानीयवासी हर्षित

Next Post

रामेछाप प्रहरीको चाडपर्व लक्षित विशेष सुरक्षा योजना बन्दै

Next Post
रामेछाप प्रहरीको चाडपर्व लक्षित विशेष सुरक्षा योजना बन्दै

रामेछाप प्रहरीको चाडपर्व लक्षित विशेष सुरक्षा योजना बन्दै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.