Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

निर्माण व्यवसायीले टिकट ल्याए पार्टीलाई एकातिर राखेर छड्के सहयोग गर्छु– कान्छाराम

Kumar Shrestha by Kumar Shrestha
October 1, 2023
in जनता स्पेसल, ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
निर्माण व्यवसायीले टिकट ल्याए पार्टीलाई एकातिर राखेर छड्के सहयोग गर्छु– कान्छाराम
47
SHARES
1.6k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । प्रतिनिधि सभा सदस्य एवम् नेपाली काँग्रेस जिल्ला सभापति पूर्णबहादुर तामाङ कान्छारामले निर्माण व्यवसायीले जुनसुकै पार्टीबाट टिकट ल्याए पनि आफूले पार्टीलाई एकातिर राखेर छड्के सहयोग गर्ने बताए । रामेछाप जिल्ला निर्माण व्यवसायी संघको १४ औ साधारण सभालाई सम्बोधन गर्दै कान्छारामले भने – वडा गाउँपालिका, नगरपालिका, प्रदेश, संघ सबै निर्वाचनमा निर्माण व्यवसायीलाई जिताउनु पर्छ । व्यवसायीहरु सबै एकजुट भएर अगाडि बढ्नु पर्छ । जुनसुकै पार्टीबाट निर्माण व्यवसायीले टिकट ल्याए पनि सबैले पार्टी नहेरी जिताउनु पर्छ । निर्माण व्यवसायी नेतृत्वमा पुगेपछि मात्रै नीतिगत कुरा मिलाउन सकिन्छ ।
नेपाल सरकारको अर्थ समिति सदस्य समेत रहेका तामाङले अर्थ समितिमा निर्माण व्यवसायीको हकहितका लागि आफूले सरकारका विभिन्न निकायसँग छलफल गरिरहेको बताए । आफू निर्वाचित भए देखि हालसम्म ४ अर्ब ५० करोड बजेट रामेछापमा ल्याएको र ४ महिना भित्र रामेछापमा १ अर्बको पाँच स्थानमा ठेक्का लगाएको समेत बताए ।
प्रतिनिधि सभा सदस्य एवम् नेपाली काँग्रेस जिल्ला सभापति कान्छारामले रामेछाप जिल्ला निर्माण व्यवसायी संघको भवनमा निर्माणमा समेत विभिन्न निकायसगँको पहलमा सहयोग जुटाउने पनि बताए । उनले भने – यसको लागि म व्यक्तिगत सहयोग पनि गर्नेछु ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

विद्यार्थीलाई ट्रयाकसुट

Next Post

काम नहुँदा कुनै समस्या हुँदैन – अध्यक्ष सिंह

Next Post
काम नहुँदा कुनै समस्या हुँदैन – अध्यक्ष सिंह

काम नहुँदा कुनै समस्या हुँदैन – अध्यक्ष सिंह

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.