Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

काम नहुँदा कुनै समस्या हुँदैन – अध्यक्ष सिंह

Kumar Shrestha by Kumar Shrestha
October 1, 2023
in जनता स्पेसल, ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
काम नहुँदा कुनै समस्या हुँदैन – अध्यक्ष सिंह
32
SHARES
541
VIEWS
Share on FacebookShare on Twitter

काम नहुँदा कुनै समस्या नहुने निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले बताएका छन् । रामेछाप जिल्ला निर्माण व्यवसायी संघ को १४ औ साधारण सभालाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष सिंहले भने – बरु काम नहुँदा कुनै समस्या हुँदैन तर अति घटीमा टेन्डर पारेर काम लिँदा सही तरिकाले काम गर्न सकिँदैन । लिएको काम गर्न नसक्दा गाली बेईजती सबै सहनु पर्छ र आफ्नो छवि समेत गुमाउनु पर्छ । तसर्थ बरु कामै नलिनुस्, लिनुहुन्छ भने पनि सही मूल्यमा लिनुहोस् ।
राजस्व नउठ्दा निर्माण व्यवसायीलाई पनि समस्या परेको समेत अध्यक्ष सिंहले बताए । उनले भने – राजस्व नउठ्दा हामीले भुक्तानी पाएका छैनाँै । नयाँ टेन्डर छैन । कामको अभाव छ । लिएको काम समेत समयमा पुरा गर्न सकेका छैनौँ ।
१४ औँ साधारण सभामा संघका जिल्ला महासचिव राम कुमार पाण्डेले १३ औँ साधारण सभा पछि गरेको कामहरूको समेत जानकारी गराएका थिए । संघले E–GP Training मार्फत निर्माण व्यवसायी तथा व्यवसायीका प्रतिनिधिहरू लाई अनलाइन बोलपत्र दर्ता गर्न सक्षम बनाएको । निर्माण व्यवसायी तथा व्यवसायीका प्रतिनिधिहरूलाईConstruction Management Training दिलाउन सहजिकरण गरेको, महासंघको आयोजनामा म्याद थप, बाँकी रकम भुक्तानी उपभोक्ता समिति मार्फत हुने, निर्माण कार्यको नियम खारेजी लगायत विविध ९ बुँदे माग राखी घोषणा गरेको आन्दोलनका कार्यक्रमहरूमा जिल्ला प्रशासन कार्यालयमा धर्ना गरेको, सार्वजनिक खरिद अनुगमनको कार्यालय ताहाचलमा धर्ना, सेफ्टी हेलमेट र ज्याकेट लगाई सम्माननीय प्रधानमन्त्रीज्यूको निजी निवास बालुवाटारमा निर्माण उपकरण सहित धर्ना बसेको, संसद भवन बानेश्वर र माइतीघर मण्डलामा सेफ्टी हेलमेट ज्याकेट लगाई कालोपट्टि बाँधेर सिट्ठी जुलुस, धर्ना र कोणसभा, सिँचाई विभाग र सडक विभागको कार्यालयमा तालाबन्दी धर्ना बसेको लगायतका कार्यक्रम गरेको प्रगति विवरणमा वितरण गरेको थियो ।

संघका अध्यक्ष बलराम श्रेष्ठले आफू निर्माण व्यवसायीको हकहितका लागि सदैव लागि पर्ने बताएका छन् । उनले भने – निर्माण व्यवसायीको हकहितका लागि म सदैव खट्नेछु । संघको भवन निर्माणका लागि पनि लागि पर्नेछु ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

निर्माण व्यवसायीले टिकट ल्याए पार्टीलाई एकातिर राखेर छड्के सहयोग गर्छु– कान्छाराम

Next Post

रस्नालुमा हाजिरिजवाफ

Next Post
रस्नालुमा हाजिरिजवाफ

रस्नालुमा हाजिरिजवाफ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.