Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पार्टीको झन्डा ओढाएर राजनारायणको अन्तेष्टी

जनता भ्वाईस by जनता भ्वाईस
December 29, 2023
in जनता स्पेसल, ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
पार्टीको झन्डा ओढाएर राजनारायणको अन्तेष्टी
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाली काँग्रेस रामेछाप– काठमाडौँ सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठको अन्तेष्टी बिहीबार पशुपति आर्यघाट गरिएको छ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा, महामन्त्री द्वोय गगन थापा , विश्वप्रकाश शर्मा , पूर्व उपसभापति गोपालमान श्रेष्ठ , पूर्व महामन्त्री डा. शशाङ्क कोइराला , केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, मीन विश्वकर्मा , नानु बास्तोला लगायतले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरे ।
नेकपा एमाले, माओवादी केन्द्र लगायत दलका तहका शीर्ष नेताहरू एवं रामेछापका नेता तथा कार्यकर्ताहरूको लहर श्रेष्ठको अन्तिम बिदाइमा सहभागी थिए । श्रेष्ठको मंगलबार राती काठमाडौँमा हृदयाघातबाट निधन भएको थियो । श्रेष्ठ आफैले संचालन गर्दै आएको होटेलमा मंगलबार राती करिब ८ः३० बजे हृदयाघात भएको र उपचारको लागि किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा निधन भएको थियो ।
राजनारायण श्रेष्ठको निधनले रामेछाप जिल्ला र नेपाली काँग्रेसलाई अपूरणीय क्षति पुगेको र जिल्लाले एक महत्त्वपूर्ण समाजसेवी एवम् असल राजनीतिक अभिभावक गुमाएको नेपाली काँग्रेस रामेछापका सचिव विनोद कार्कीले बताए।
नेपाल विद्यार्थी संघबाट काँग्रेसको राजनीतिमा प्रवेश गरेका श्रेष्ठ दुई पटक नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापको सदस्यमा निर्वाचित भएका थिए । नेपाली काँग्रेस रामेछापको १४ औँ जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधिमा चुनाव लडेका श्रेष्ठ गएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाटै खाँडादेवी गाउँपालिका वडा नं ५ मा पनि वडाध्यक्षमा चुनाव लडेका थिए । तर उनी निर्वाचित हुन सकेका थिएनन् ।
२०५६÷५७ साल देखि नै होटेल व्यवसायमा लागेका श्रेष्ठ फास्ट फुड एसोसिएसन नेपालको पूर्व महासचिव एवं हालका सल्लाहकार समेत रहेका थिए । श्रेष्ठको परिवारमा श्रीमती, ४ छोरी र एक छोरा छन् ।

Author

  • जनता भ्वाईस
    जनता भ्वाईस

    View all posts
Previous Post

मन्थली नगर राष्ट्रपति रनिङ शिल्डमा लगातार मन्थली माविको वर्चस्व

Next Post

स्वयमसेवीकाहरुलाई सुइटर, झोला र जुत्ता

Next Post
स्वयमसेवीकाहरुलाई सुइटर, झोला र जुत्ता

स्वयमसेवीकाहरुलाई सुइटर, झोला र जुत्ता

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...