रामेछाप । रामेछाप नगरपालिकामा महिला स्वास्थ्य स्वयमसेवीकाहरुलाई विभिन्न सामग्री दिएको छ । वडा नं ८ का ११ जना स्वयमसेवीकाहरुलाई वडाले सो सामाग्री दिएको हो । शुक्रवार वडाले स्वयमसेवीकाहरुलाई जाडोमा लगाउने सुइटर, झोला र जुत्ता दिएको हो ।
विभिन्न टोलबस्तीमा पुगेर नागरिकहरूको सेवा गर्ने महिला स्वास्थ्य स्वयमसेवीकाहरुलाई प्रोत्साहन स्वरूप सामाग्री दिएको वडाध्यक्ष सन्तोष तामाङ बताउँछन् ।
रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने, उपप्रमुख बाल कुमारी कार्की र प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरे सोही वडामा पुगेर सामाग्री दिएका थिए।