Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछाप नगरपालिकाले सक्यो १४ औँ हिउँदे नगर सभा

Kumar Shrestha by Kumar Shrestha
January 4, 2024
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
रामेछाप नगरपालिकाले सक्यो १४ औँ हिउँदे नगर सभा
28
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछाप नगरपालिकाले १४ औँ हिउँदे नगर सभा बुधवार सम्पन्न गरेको छ । रामेछाप नगपालिका वडा नं. ८ सामुदायिक भवन भँगेरीमा सम्पन्न सभा नगर प्रमुख लवश्री न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी , पर्यटन र पूर्वाधार समुन्नत र समृद्ध रामेछाप निर्माण आधार भन्ने मूल नारालाई आत्मसाथ गर्दै अगाडी बढेको नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ मा माग गरिने योजना तथा कार्यक्रमहरूका सम्बन्धमा सभामा छलफल भएको थियो । छलफलमा सडक पूर्वाधार तर्फ १४ वटा , सिँचाइ तर्फ ८ वटा , खानेपानी तर्फ ५ वटा, खेलकुद तर्फ ४ वटा, धार्मिक स्थल र मठमन्दिर तर्फ ८ वटा र विविध तर्फ ४ वटा योजनाहरू बारे छलफल भएको थियो ।
नगरपालिकाको विनियोजन ऐन २०८० लाई संशोधन गर्ने सम्बन्धमा बनेको विधेयक २०८० को मस्यौदा माथि सभामा छलफल भई पारित गरेको छ । चालु आ.व.०८०÷८१ को हाल सम्म नगर कार्यपालिकाको बैठकमा भएका निर्णयहरू सभामा छलफल भई सभाले अनुमोदन गरेको थियो ।
सभामा विगतमा रकम विनियोजन भई अधुरा रहेका क्रमागत योजनाहरू सङ्घीय सरकार तर्फका १३ वटा र प्रदेश सरकार तर्फका १८ वटा योजनाहरू आगामी कार्यक्रममा योजनाहरू समावेश गर्न सङ्घीय र प्रदेश सरकार समक्ष माग गर्ने सभाबाट पारित गरिएको थियो ।
नगरपालिकाको चालु आ. व.२०८०÷०८१ मा संशोधन गरी संचालन गर्नु पर्ने योजना तथा कार्यक्रमहरू नगर उप प्रमुख बाला कुमारी कार्कीले सभामा प्रस्तुत गरेकी थिइन् । सभाका सचिव मित्रप्रसाद घिमिरेले सभामा उठेका आफ्ना अधिकार क्षेत्र भित्रका सवालका ओजपूर्ण जवाफ दिएका थिए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

प्रधानमन्त्रीको निर्देशन पछि सुनापतिले फेर्यो सार्वजनिक विदादिने निर्णय

Next Post

भूपू सैनिक सहकारीको नयाँ नेतृत्व चयन

Next Post
भूपू सैनिक सहकारीको नयाँ नेतृत्व चयन

भूपू सैनिक सहकारीको नयाँ नेतृत्व चयन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.