Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

भूपू सैनिक सहकारीको नयाँ नेतृत्व चयन

Kumar Shrestha by Kumar Shrestha
January 4, 2024
in ब्यानर समाचार, समाचार
0
भूपू सैनिक सहकारीको नयाँ नेतृत्व चयन
22
SHARES
1.1k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप। भूपू सैनिक बचत तथा ऋण सहकारी संस्थाको १७ औँ साधारण सभा तथा १८ औ स्थापना दिवस बुधवार सम्पन्न भएको छ । साधारण सभाले टहल बहादुर कार्कीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । उपाध्यक्ष सचिव र कोषाध्यक्षमा क्रमशः शीवध्वज कार्की,वीर बहादुर खड्का,र कोषाध्यक्षमा थडिन्द्र बहादुर थापा चयन भएका छन् । त्यसैगरि सदस्यहरूमा ईश्वरी कार्की ,कमल बहादुर खत्री,खड्ग बहादुर आले,शान्ता ढकाल र सुनिता पहरी रहनु भएको छ भने लेखा तथा सुपरिवेक्षण समितिमा यम बहादुर बुढाथोकी, कुमार थापा र सम्पूर्ण बुढाथोकी चयन भएका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले नेतृत्वको अर्कमण्डयताका कारण मुलुकका सहकारीहरू सङ्कटमा पर्दै गएकोमा चिन्ता व्यक्त गरे । उनले भने भूपू सैनिक बचतले जिल्लाका सहकारीहरू मध्य नमुना सहकारीको रूपमा आफूलाई विकास गर्न जरुरी छ ।
संस्थाका लागि नेतृत्वका साथै शेयर सदस्यहरूको भूमिका पनि गुणात्मक भए मात्र संस्थाको विकासमा सहयोग पुग्ने जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहालले बताए।
भूपू सैनिक, प्रहरी र सरकारी पेन्सनवालाहरूको साझा सहकारीका रूपमा परिचित भूपू सैनिकमा १ हजार ५ सय ८७ जना कुल शेयर सदस्य रहेका छन् । सहकारीले गत असार मसान्त सम्ममा ५ करोड ६६ लाख १४ हजार ८ सय ८५ रुपैयाँ कुल सम्पत्ति पु¥याएको छ । सहकारीले गत वर्ष १३ लाख ३२ हजार ८ सय २४ रुपैयाँ मुनाफा कमाएको छ। त्यसैगरि संस्थाको कुल शेयर पूँजी ५६ लाख ६८ हजार रुपैयाँ पुगेको संस्थाका कोषाध्यक्ष वीरबहादुर खड्काले आर्थिक प्रतिवेदनमा प्रस्तुत गरे ।
साधारण सभाका अवसरमा असल बचतकर्ता, असल ऋणी र असल ज्येष्ठ नागरिक हरूलाई सम्मान–पत्र नगद र दोसल्ला ओढाएर तथा राम्रो अङ्क ल्याएर कक्षा उर्तिण हुने शेयर सदस्यका ३ जना छोरा छोरीलाई पनि सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

रामेछाप नगरपालिकाले सक्यो १४ औँ हिउँदे नगर सभा

Next Post

परियोजनाको सहयोगले उत्पादन बृद्धि, ओख्रेनीका जुनार कृषक दंग

Next Post
परियोजनाको सहयोगले उत्पादन बृद्धि, ओख्रेनीका जुनार कृषक दंग

परियोजनाको सहयोगले उत्पादन बृद्धि, ओख्रेनीका जुनार कृषक दंग

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.