Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

परियोजनाको सहयोगले उत्पादन बृद्धि, ओख्रेनीका जुनार कृषक दंग

Kumar Shrestha by Kumar Shrestha
January 4, 2024
in जनता स्पेसल, फिचर, ब्यानर समाचार, समाचार
0
परियोजनाको सहयोगले उत्पादन बृद्धि, ओख्रेनीका जुनार कृषक दंग
253
SHARES
4.6k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाईले सञ्चालन गरेको जुनार जोनका कारण जुनार उत्पादन बढ्न थाले पछि रामेछाप नगरपालिकाको वडा नं ६ ओख्रेनी क्षेत्रका किसान खुसी छन् । परियोजनाले जुनार जोन मार्फत आधुनिक तरिकाबाट जुनार खेती गर्न सहयोग गरेपछि जुनार उत्पादनमा वृद्धि भएको स्थानीय कृषक बताउँछन् ।
रामेछाप नगरपालिकाको ओख्रेनीमा सञ्चालनमा रहेको जुनार जोनमा राम्रो काम भएको परियोजना रामेछापका प्रमुख थिरलाल गैरे बताउँछन् । जुनार उत्पादनलाई वृद्धि गर्ने उद्देश्यले विगतका वर्षदेखि सञ्चालित जुनार जोनलाई चालु आर्थिक वर्षमा पनि परियोजनाबाट रकम विनियोजित गरिएको प्रमुख गैरे बताउँछन् । सोही अनुरूप योजनाको कार्यान्वयनको अवस्थाको बारेमा स्थलगत अनुगमन गरिएको उनको भनाई छ ।
ओख्रेनीका धेरै घर परिवारको मुख्य आम्दानीको स्रोत भनेकै जुनार हो । उनीहरूको व्यवसायलाई विस्तार गर्दै उत्पादन र गुणस्तरीयतामा पनि ध्यान दिनका लागि कृषि आधुनिकीकरण परियोजना रामेछापले बगैँचा विस्तर सुधार र सिँचाई पोखरीका लागि ५० प्रतिशत अनुदान दिएका कारण पनि थप सहयोग पुगेको जिल्ला जुनार सहकारी संघका अध्यक्ष पद्म तामाङले बताए ।
पैसाको अभावमा व्यवसायीक जुनार खेती गर्न चाहनेहरूका लागि रकमको अभाव हुन नदिने एकाइ प्रमुख गैरेको भनाई छ । उनले भने – परियोजनाले तयार गरेको मापदण्डका आधारमा कार्य योजना सहित आउने कृषकहरूका लागि ५० प्रतिशत अनुदानमा रकम उपलब्ध गराउन परियोजना तयार छ।
परियोजना कार्यान्वयन एकाइ, रामेछापले ओख्रेनीलाई जुनार जोन क्षेत्र घोषणा गरी विगत ३ वर्ष देखि किसानको ५० प्रतिशत लागत साझेदारीमामा जुनार बगैँचाको व्यवस्थापन र सुधार बिरुवा उत्पादनकालागि सहकारी मार्फत हाईटेक नर्सरी र उत्पादित जुनारको बेमौसमी ब्यवसयाका लागि कुल सहयोग गर्दै आएको छ ।
परियोजनाले देखाएको चासो र लगानी सँगै ओख्रेनीका कृषकहरू उत्साहित भएको ओख्रेनीका जुनार कृषक धन बहादुर तामाङले बताए ।
ओख्रेनीका कृषकहरूलाई अहिले आफ्नो व्यवसायलाई संस्थागत गर्न बगैँचाका लागि आवश्यक सिँचाई र बजारीकरणको भने समस्या छ ।
अमिलो जातको फलमा लाग्ने रोगका कारण जुनार बगैँचा नै संकटमा पर्दा परियोजना गाउँमा प्रवेश ग¥यो । परियोजनाले प्रोटीनवेटको प्रयोग गरेर ती रोगको उपचारमा ठुलो सहयोग ग¥यो । जुनारमा लाग्ने ९७ प्रतिशत रोग किरा नियन्त्रणमा आयो । जसका कारण पुनःब्यवसायीक सोच सहित आफ्नो पेसालाई निरन्तरता दिन थालियो – कृषक हिमाल तामाङले सुनाए । तामाङले यस वर्ष मात्र आफ्नो बगैँचामा ५ सय जुनारको बिरुवा थपे ।
परियोजनाले गरेको सहयोगले काम गर्ने ऊर्जा त थप्यो तर गाउँमा काम गर्ने मानिसको अभाव भयो । दह्रा पाखुरा भएका लक्का जवानहरू सबै रोजगारीका लागि विदेश जान थाले । जसका कारण खेतीयोग्य जमिन बाँझै बस्न थाल्यो । सोचे जति जुनार खेती समेत गर्न सकिएन – तामाङले गुनासो पोखे।

घरमा केश पाकेका बूढाबूढी मात्र छौँ । सिँचाई पनि चुनौती छ । जसका कारण सोचेजती उन्नति गर्न सकिएकै छैन – कृषक शेर बहादुर तामाङले थपे ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

भूपू सैनिक सहकारीको नयाँ नेतृत्व चयन

Next Post

आज सुनापति आउँदै प्रधानमन्त्री

Next Post
प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

आज सुनापति आउँदै प्रधानमन्त्री

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.