Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आयुर्वेद सेवा प्रवर्धन गर्न जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको अन्तरक्रिया

Kumar Shrestha by Kumar Shrestha
January 11, 2024
in जनता स्पेसल, ब्यानर समाचार, समाचार, स्वास्थ्य
0
आयुर्वेद सेवा प्रवर्धन गर्न जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको अन्तरक्रिया
396
SHARES
4.2k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । आयुर्वेद सेवाको प्रवर्धन गर्ने उद्देश्यले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापले स्थानीय पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम बुधवार मन्थलीमा सम्पन्न गरेको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापका प्रमुख नन्दन कँडेलको अध्यक्षता एवं पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

हाल सम्म जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्र बाट प्रवाह भएका सेवाहरू र आगामी कार्ययोजनका बारेमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख कँडेलले प्रस्तुत गरे । उनले जिल्लामा १ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र एक आयुर्वेदिक औषधालय र ४ वटा नागरिक आरोग्य सेवा केन्द्र सहित ६ वटा केन्द्रहरू सञ्चालनमा रहेको बताए ।
क्षारशुत्र, सिरोधारा लगायतका विभिन्न विधिहरू मार्फत उपचार हुने यस अस्पतालमा २३ प्रकारका आयुर्वेदिक औषधिहरू निःशुल्क प्रदान गरिने र केही औषधिहरू मात्र न्यून रकममा खरिद गर्नुपर्ने व्यवस्था रहेको उनले बताए । बजारमा माइकिङ गर्दै विभिन्न ब्यपारीहरुले फुटपाथमा राखेको आयुर्वेदिक औषधि प्रयोग नगर्न उनले अनुरोध गरे । उनले यस्ता बिना दर्ता र प्रमाणीकरणका औषधिहरूले बढी हानि गर्ने बताए ।
मौलिक र राष्ट्रिय चिकित्सा पद्धति नै आयुर्वेद हो भन्दै यसमा जडीबुटी र आयुर्वेद चिकित्साको प्रयोग हुने जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रकी डा.ज्योति ढकालले बताइन् । पत्रकार समाजको ऐना भएको तर हाम्रा उपचार पद्धतिहरू समाचारमा पर्याप्त ल्याउन नसकेकोले आयुर्वेद चिकित्साका बारेमा प्रचार प्रसार गरी बढी भन्दा बढी नागरिकहरूको पहुँच पु¥याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उनले बताइन् ।
उनले पत्रकारहरूको कलात्मक शब्दहरूले नागरिकहरू आयुर्वेद उपचार पद्धतिका बारेमा जानकार हुने भएकाले पनि पत्रकारहरूसँग अन्तरक्रिया जरुरी रहेकोले बताइन् । उनले विगतको तुलनामा उपचार लिन आउनेको संख्या बढेको भएपनि अझै अपेक्षाकृत ढंगको हुन नसकेको बताइन् ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले २३ प्रकारको मात्र हैन अझ बढी प्रकारका औषधिहरू नागरिकहरूलाई निःशुल्क वितरण गरिनु पर्ने भन्दै आयुर्वेद उपचारका बारेमा सञ्चार माध्यममार्फत प्रचार प्रसार गर्न आवश्यक सहयोग गर्ने पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले बताए।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा दैनिक ५० जना भन्दा बढी बिरामीहरू सेवा लिन आउने गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका दीपक कार्कीले जानकारी दिए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

वृहत् रामेछाप महोत्सव आज देखि सुरु

Next Post

६ महिना भित्र डम्पिङ साइट टुङ्गो लाग्छ– मन्थली नगर प्रवक्ता श्रेष्ठ

Next Post
६ महिना भित्र डम्पिङ साइट टुङ्गो लाग्छ– मन्थली नगर प्रवक्ता श्रेष्ठ

६ महिना भित्र डम्पिङ साइट टुङ्गो लाग्छ– मन्थली नगर प्रवक्ता श्रेष्ठ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.