Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

तीन वर्ष भित्र सबै सडक कालोपत्रे हुन्छ–मुख्य मन्त्री

Kumar Shrestha by Kumar Shrestha
January 12, 2024
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
तीन वर्ष भित्र सबै सडक कालोपत्रे हुन्छ–मुख्य मन्त्री
162
SHARES
3.4k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । बागमती प्रदेशका सबै कच्ची सडकहरू ३ वर्ष भित्रमा कालोपत्रे हुने बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कट्टेलले बताए । बृहत् रामेछाप महोत्सव–२०८० को उद्घाटनका क्रममा उनले सो कुरा बताएका हुन् ।

उनले भने– पालिकाका प्रमुखहरूले बागमती प्रदेश सरकारले आफ्नो पालिकामा बजेट विनियोजन गरेन भनेर निराश हुनु पर्दैन । अबका दिनमा ५० लाख भन्दा मुनिका योजनाहरू स्थानीय स्तरबाटै कार्यान्वयन गर्ने गरी अख्तियारी दिने तयारीमा छौँ।

बागमती प्रदेशले उद्योग ग्राम बनाउने नीति लिएको उनले बताए । उनले भने – उद्योग ग्राम बनाउने काम यही माघ महिना देखि प्रारम्भ हुन्छ । नेपालमा उत्पादन भएको भन्दा सस्तो मूल्यमा छिमेकी राष्ट्रबाट विभिन्न सामाग्रीहरू भित्रिएकोले नेपालका उत्पादनहरूले बजार पाउन मुस्किल हुने गरेको छ । अब नेपालका उत्पादनहरू पनि प्रतिस्पर्धात्मक पर्छ ।

बागमती प्रदेशका अधिकांश जिल्लाहरुमा उद्योग व्यापार सहित पर्यटन समेतको प्रवर्द्धन गर्न आवश्यक रहेकाले त्यसका लागि आफ्नो मन्त्रालय लागिपरेको उद्योग,पर्यटन तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले बताए।

“रामेछापको दिगो विकास अर्थतन्त्रको आधार, कृषि जलस्रोत, पर्यटन र उद्योगको पूर्वाधार”हाम्रो रामेछाप, राम्रो रामेछाप, भन्ने मूल नाराका साथ बिहीबार बाट सुरु भएको बृहत् रामेछाप महोत्सव –२०८० का अवसरमा नेवारी समुदायको राशलीला सहितको लाखे र देवीनाच, परियार समुदायको पञ्चेबाजा, शेर्पा, मगर,सुनुवार,माझी र थामी समुदायका विभिन्न झाँकीहरू प्रस्तुत गरिनुका साथै विश्व हिन्दु महासंघ रामेछापको तर्फबाट स्वस्ति वाचन एवं खैजेडी भजन समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुर कृष्ण वैद्य, जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना कार्की, पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नवीन कुमार थापामगरको अध्यक्षतामा भएको थियो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

६ महिना भित्र डम्पिङ साइट टुङ्गो लाग्छ– मन्थली नगर प्रवक्ता श्रेष्ठ

Next Post

मेलमिलापकर्ताहरूका लागी सुनापतिमा पुनर्ताजगी तालिम

Next Post
मेलमिलापकर्ताहरूका लागी सुनापतिमा पुनर्ताजगी तालिम

मेलमिलापकर्ताहरूका लागी सुनापतिमा पुनर्ताजगी तालिम

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.