Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मेलमिलापकर्ताहरूका लागी सुनापतिमा पुनर्ताजगी तालिम

Kumar Shrestha by Kumar Shrestha
January 22, 2024
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
मेलमिलापकर्ताहरूका लागी सुनापतिमा पुनर्ताजगी तालिम
158
SHARES
6.6k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । जिल्लाको सुनापति गाउँपालिकाले सामुदायिक मेलमिलापकर्ताहरूका लागी पुनर्ताजगी तालिम संचालन गरेको छ । गाउँपालिकाको न्यायिक समितिले वडा स्तरका मेलमिलापकर्ताहरूलाई माघ ५,६ र ७ गते पुनर्ताजगी तालिम दिएको हो ।
गाउँपालिकाकी कानुनी सहजकर्ता प्रतिमा मोक्तानका अनुसार मेलमिलापकर्ताको रूपमा काम गरिरहेका २५ जनालाई तालिम दिएको हो । उनले भनिन् – स्थानीय स्तरका विवादहरू स्थानीय स्तरमै मेलमिलापका माध्यमबाट समाधान गर्न मेलमिलाप कर्ताहरूले आफ्नो भूमिका राम्रोसँग निर्वाह गर्नुभएको छ ।
काम गर्ने क्रममा देखिएका समस्या समाधानको उपाय खोज्न पुनर्ताजगी तालिम दिइएको गाउँपालिकाकी उपाध्यक्ष गीता विष्ट चौलागाईँले बताइन् । उनले भनिन – विवाद समाधानमा मेलमिलापकर्ताको भूमिका महत्त्वपूर्ण हुन्छ । मेलमिलापकर्ताको कारण स्थानिय स्तरका विवाद समाधान भएको छ । मेलमिलापकर्ताको क्षमता विकासको लागि पालिकाले तालिमको आवश्यकता महसुस गरेरै यो तालिम राखिएको हो । यो पुनर्ताजगी तालिमले मेलमिलापकर्ताको अपेक्षा अनुरूप राखिएको हो । यो तालिमले उहाँहरूको कार्यक्षमता अझ बढेको छ ।
मेलमिलाप मार्फत विवादहरूको स्थानीय स्तरमै समाधान खोज्न पुनर्ताजगी तालिमले सक्रियता अझै बढाउन मद्दत पुगेको सहभागीहरूको भनाइ छ ।
तालिमको सहजिकरण अधिवक्ता पाण्डव प्रसाईँ र मानवअधिकारकर्मी नवराज पथिकले गरेका थिए ।
पुनर्ताजगी तालिमले मेलमिलाप कर्ताको भूमिकालाई अझै प्रभावकारी बनाउँदै उनीहरूको सक्रियता बढाउन मद्दत गर्ने अपेक्षा गाउँपालिकाको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

तीन वर्ष भित्र सबै सडक कालोपत्रे हुन्छ–मुख्य मन्त्री

Next Post

सुनापतीको लहरे माने अलपत्र

Next Post
सुनापतीको लहरे माने अलपत्र

सुनापतीको लहरे माने अलपत्र

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.